अरुलाई रुवाएर हास्नेहरु पनि
दुनियाँको आँखा छल्दै नाच्नेहरु पनि
दुःख पर्दा पल–पल चिच्याउदै यहाँ
मर्दा रैछन् अरु मार्दै बाच्नेहरु पनि ।
२.
मन दुख्दा आँखाबाट गंगा बग्छ भन्ने कुरा
उस्तै परे नियतिले सधै ठग्छ भन्ने कुरा
मानवीय नैतिकता भुल्दै आगो झोसेपछि
बिर्सिदैछन् मान्छेहरु घर सक्छ भन्ने कुरा ।
एक अविच्छिन्न र स्थायी सरकार हो राज्यको प्रशासन क्षेत्र । जनताप्रति सदैव र निरन्तर उत्तरदायी
भइरहनु पर्ने राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी
जरुरी छ । प्रशासन क्षेत्रले आम सेवाग्राही जनतालाई दिने सेवा प्रवाहका हरेक गतिविधिहरूलाई
सूक्ष्म निगरानी गरी थप जन मैत्री गराउन सकारात्मक खबरदारी प्रयास हो प्रशासन डटकम अनलाइन
पत्रिका ।