फेसबुक स्टेटस « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

फेसबुक स्टेटस


प्रशासन विशेष ब्युरो

११ मंसिर २०७३, शनिबार


भर्चुअल वर्डको प्रयोग र उपयोगिता भनिनसक्नु र बुझिनसक्नुको छ ।

अमेरीकामा ट्रम्पको जीत होस् वा नेपालमा आई एम वीथ डक्टर केसीको अभियान । जे सुकै होस्— शब्द बिसाउने चौतारी बनेको छ, फेसबुक ।

सूचनाको भारी बिसाउनासाथ तंरगहरू छिनमै संसारभर पुग्ने सशक्त माध्यम पनि हो यो ।

क्षणभरमै कहाँको के थाहा हुन्न र ?

तर, म भने यहाँ फेसबुकभित्र छिरेपछि स्टेटस लेखनको बाङ्गोटिङ्गो मार्ग र बुझाईको कुरा गर्दै छु ।

बस्— कुरा यत्ति हो ।

०००००

काठमाण्डौँ छिरेको केहि वर्षपछि फेसबुक चलाउन सिके । शुरूका दिनहरूमा फोटो राख्ने, साथि वनाउने र हल्काफुल्ला चिनारूसँग च्याटिङ्ग मात्र गर्थे । मेरा लागि फेसबुकको दुनिया नयाँ थियो तर भित्री मनका उत्साहा भने पुराना र निकै । त्यतिबेला फेसबुके साथिभाइमाझ वैंशका हल्लाखल्ला खुब चल्थे । वाल रमाइला खुराकले रंगिन्थ्यो । च्याटिङ्ग सेक्सी हुन्थे— शब्दमा, फोटोमा र अन्य तेस्तै ।

फेसबुकमा जोडिएका कलेजका प्रत्येक कन्यालाई मिलेमतोमा पालैपालो प्रेमप्रस्ताव राख्थ्यौँ । प्रेम स्वीकार हुनेको त्यसपछिका दिन प्रेममय हुन्थे । धेरैको यसरी प्रेम झाँगियो । थोरैको सम्बन्ध नगासिएर देवदास पनि भए । केहि देवदासहरूको रुन्चे शब्द इनबक्समा पढ्नु पर्दा भने मन चसक्क हुन्थ्यो ।
०००००

फेसबुक भित्तोमा केटीहरूको फोटो देख्नै हुन्नथ्यो । चिने, नचिने पनि सबैमा फ्रेण्ड रिक्वेष्ट हुतिन्थे र एसेप्ट भए, नभएपनि म्यासेज छाड्थे । थोरैले रिप्लाइ र एसेप्ट गर्थे । धेरैको अस्वीकार हुन्थ्यो । शुरू शुरूका दिनहरूमा नयाँ अनुहारसँग रोमाञ्चित गफगाफ खोला भइ उर्लिन्थे । घण्टौ बग्थे । अनि अनलाइन अफसँगै छिनमै सारा खुशी अटेका शब्दहरु ठप्प हुन्थे । झरि रोक्किएपछि खहरे छ्याप्प सुके जस्तै । अनि, जय भोलिको व्यग्र प्रतिक्षा हुन्थ्यो । र, भित्रि मनले दिनहुँ जुकरबर्गलाइ धन्यवाद टक्र्याउँथ्यो ।

कारण— फेसबुक मन शान्त गर्ने दैनिक डुबानको मनोरञ्जन थैली बनेको थियो ।
०००००

केहि महिनापछि।।।

फेसबुकमा धेरथोर मान्छे थपिदै गए । एकअर्कामा जानकारी आदानप्रदान बढ्दै गयो । वालमा सुचनामुलक स्टेटस देखिन थाले । ती थोरै थिए, धेरै त अरू नै । लाइक अनेकथरीमा ठोकेकै थिए । ती विभिन्न स्क्याण्डल झुण्ड्याएर दिनहुँ वालभरि ओइरिन्थे । केहि रमाइला र उत्तेजक किसिमका उत्ताउला थिए । पढ्दा रमाइलै लाग्ने तर विषयगतरूपमा भने नमिल्ने असान्दर्भिक प्रसंग ।

खैर, जे जस्तै भएपनि शहरमा वेरोजगार जिन्दगीको समय पन्छाउनै गाह्रो थियो र अलमलिने दुनियाँ पनि त चाहियो ।

शायद, त्यही दुनियाँ भइदियो— फेसबुकु ।
०००००

स्कुलमा पढन्ते लिस्टमै नाम पर्थ्यो ।

धेरथोर पढ्ने सँधै बढे, नपढ्ने कि चढे कि लडे— आमाले सानामा भन्नुहुन्थ्यो ।

पढ्न छाडेर खेल्न हुर्रिदाँ आमाका गालीमा यो टुक्का कतै न कतै घुसेकै हुन्थे तर अर्थ के थियो रु बुझेको थिइन । धेरैपछि आमाकै मुखबाट बुझिपाए । गाउँतिर धेरथोर पढ्ने प्रयस् मास्टर हुन्थे । नभए पनि सानातिनो जागिर खान्थे । नपढ्ने कि सिकर्मी बन्थे कि हलि वा डकर्मी । यी सबैले काम गर्दा चढ्नैपर्थ्यो— घर, रूख आदि । केहि बेफुर्सदि दिन कटाउन रक्सि, गाँजा र चुरोटको नशामा लठ्ठिएर लडिरन्थे । आमाको आशय थियो— पढ्नुपर्छ । पढेलेखेकाले केहि न केहि अवश्य गर्छ । र, बेलाबेला भनिरहनुहुन्थ्यो— पढिस भने त पनि एकदिन मास्टर बन्नेछस् । अब, आफै भन— पढ्छस, चढ्छस कि लड्छस !

उत्तर के दिन्थेरु सम्झना छैन तर आमाका ती वाणी ऐल्यसम्म मनसपटलमा छाप भई भने बसेको छ ।
०००००

साहित्य रूचिको विषय । तुलनात्मक बढी पढ्थे । त्यहिभएर होला सानातिना टुक्का फुरिरन्थे । ती शब्दले वाल रंग्याउँथे । धेरथोर लाइक र कमेण्ट लेपिन्थे । जुन देखेर मन ढक्क फुल्थ्यो । कैलेकाहि ती शब्दलाई तन्काएर ब्लगमा पनि राख्थे । टुक्का बल्गतीर पोष्ट हुँदै थियो भने सिर्जना स्टेटसबाट विस्तारै बल्गतिर कोरिदै थिए । तैपनि चित्त बुझ्दो विषयगत रूपमै पोटिलो रचना भने कोरिइसकेको थिइन । कोर्ने रहरका पोका भने समुन्द्र जत्तिकै थियो । ती भित्र छाल झैँ छचल्किन्थे तर केही मिनेटमै मष्तिष्कको बाँध फुटाली छताछुल्ल हुन्थे । पुन: समेटेर लयात्मक बाटोमा मिठास बनाउँन खोज्थे । ती छिनमै अम्लिएर मष्तिष्कबाटै भमिट हुन्थे । अनि मनसपटलमा लेखन क्रेज हुँदाहुँदै अमिलो हुरी चल्थ्यो। अर्ध चेत भएरै होला मष्तिष्क र मन एकैचोटि लत्रिन्थ्यो । थाकानमा अपुरा ज्ञान टुक्के स्टेटसमा परिणत हुन्थे । अनि हुन्थे टुक्के बल्ग खुराकी ।
०००००

नीजि विचार लेख्न कठिन छ । त्यो भन्दा कठिन अर्काको विचार बुझ्न । भाषाले जीवन बदलिदैन, विचारले बदलिनसक्छ । धेरैले भन्थे, सुनेथे— लेख्नु आलु तासेको जस्तो हो र ! कठिन छ । साच्चै ! त्यही भएर स्टेटस टुक्काले फेसबुक तास्ने प्रयत्‍न गरे । दिनैपिच्छे फुरेका टुक्का अपडेट गर्न थाले ।
०००००

झापाको एक साथि थियो— निकुञ्ज ।

ऊ सँगको बसाई रोमाञ्चक । हिन्दी, उर्दु र नेपाली गजल पारखी । उसको गजल वाचनले मन्त्रमुग्ध पार्थ्यो । मादक पदार्थले लठ्याउने किसिमको कडा । त्यो श्रवण स्वादनको मज्जा वेग्लै थियो । र त उसको गजल फेवाको कफिसँग धेरै पिइयो, जसको कुनै हिसाबकिताब छैन । ऐल्यसम्म उसकै सामु मुख खोलेको त छुइन तर डाइहट फ्यान भने हुँ । केही समयपछि ऊ फेसबुकमा जोडियो । फेसबुकमा कहिलेकाही गफ हुँदा ऊ स्टेटसकै कुरा गर्थ्यो ।

ओइ टुक्का कसरी फुर्छ ?

जवाफमा लेख्थे— फुर्छ होइन, फुराउनुपर्छ ।

उहि साथिको एकदिन म्यासेज आयो— तेरो टुक्के स्टेटस लेखनको फ्यान भए । स्टेटस गज्जप छ तर लम्ब्याउनु पर्यो । कथा बुन्नु पर्यो । पात्र उब्याउनु पर्यो तर मेरो गजल सुनेर लम्बिदैन ।

किताब, बुझीस् नी— पढ्नुपर्यो ।

ऊ यसरी हौस्याउथ्यो । मानौँ, म दिग्गज स्टेटस लेखक हुँ । र, मेरा केहि स्टेटसहरू चर्चित छन् । जुन पोष्टकार्डमा लेखिएको पाना शहरका प्रत्येक पसलहरूमा बिक्रिमा राखिएको छ ।

शायद, उसैको यहि हौसलाले स्टेटस लेखनप्रतिको आकर्षणलाई उचो बनाइदिएको हुनुपर्छ ।
०००००

एकदिन नेपाल यातायातबाट वानेश्वर झरे । चोकको चिया पसलछेउ उभिरहेथे ।

तिमी सन्तु, कोहि चिने झैँ बोल्यो ।

मैले हुँ को मुन्टो हल्लाए ।

फेसबुकसाथि भएको बेलिविस्तारपछि स्टेटसकै कुरा गर्यो, म सुन्दै गए ।

‍स्टेटस साहित्यिक छन् । शब्द संयोजन गज्जप ! शैलीमा उन्माद मिठास ।

तिम्रो स्टेटसको फ्यान नै भन्दा हुन्छ । नदेखिएको दिन प्रोफाइलमै गएर हेर्छु । स्टेटस लेखन जारी राख— ती टुक्का पछि मूल्यवान पनि त हुनसक्छरु टुक्कामा ती गुण छ ।

उसका कुरा सुनेर मन प्रफुल्लित भयो । म फिस्स हाँसे तर भित्रभित्रै हाँस्न सकिन ।

अचानक आफ्नै मनले गिज्याए झै लाग्यो । कत्ति न किताबै लेखेर शहरमा चर्चित भए झैँ । ऐल्यसम्म एक प्याराग्राफ कोर्न सकेको छैन, टुक्कामा मुल्य र व्यक्तित्व ।

तैपनि— फेसबुक स्टेटस ।

छिनमै अनुहार खुम्च्यो र गाला राता भए । उसैउसै भित्रैदेखि आत सुकेर आयो र म लजावती झार झैँ उसैउसै लजाए र शरिर खुम्च्याउदै अटेरो धन्यवाद टक्र्याए ।

उ पानी ट्याङ्कीपट्टी फर्केर फिस्स मुस्कुरायो ।

तैपनि, आफुलाई भने कता कता मनमा लागिरह्यो— लेखन प्रेरणाको स्रोत बनेकै हो त फेसबुक स्टेटस ?

Tags :
प्रतिक्रिया दिनुहोस