Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बार्दली फाउण्डेसनद्धारा विशेष कार्यक्रम गरिने


प्रशासन विशेष ब्युरो

११ मंसिर २०७३, शनिबार


नेपालगन्ज । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ८ औ जन्मजयन्तीको अवसरमा शुरु गरिएको पाक्षिक कार्यक्रमको समापन समारोहलाई बार्दली फाउण्डेसनले शनिबार विशेष कार्यक्रमको आयोजना गरी भव्यताका साथ सम्पन्न गर्ने भएको छ ।

“प्रत्यक्ष संगितमा गायन देवकोटा संगित समागम” नाम दिइएको कार्यक्रममा प्रत्यक्ष संगितको प्रस्तुती गरि देवकोटाको जन्मजयन्तीको समापन कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा स्थानीय स्तरका प्रख्यात र जल्दा बल्दा कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । उनीहरुले महाकवि देवकोटाद्धारा रचित कविता र गितहरुको वाद्यवादन सहित संगितमय प्रस्तुती गर्ने कार्यक्रम रहेको बार्दली फाउण्डेसनका अध्यक्ष भोजराज शर्मा नादिरले जानकारी दिनुभयो ।

बार्दली फाउण्डेसको आयोजनामा यहि कार्तिक २७ गते विपि चौकमा दिप प्रजवलन गरेर देवकोटाको जन्मजयन्तीको उद्घाटन गरेको थियो । कार्तिक २७ गतेदेखि शुरु गरिएको देशव्यापी कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयमा देवकोटाका बारेमा चर्चा गर्दै कविता वाचनका साथै अन्तरक्रिया गरिएको थियो ।

पश्चिम नेपाल नेपाली साहित्य, संस्कृति, कला र संगितलाई धरोहरको रुपमा आत्मासाथ गर्दै यिनको संरक्षण र संबद्र्धनको प्रयासका लागि बार्दली फाउण्डेसन अग्रसर भएको छ । जस अन्तर्गत पहिलो बार्दली श्रृंखलामा मदन पुरस्कार विजेता अमर न्यौपानेलाई प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस