अमेरिका ! अमेरिका !! अमेरिका !!!
सबैको स्वप्न भुमि अमेरिका
सबैको अन्तिम निशाना अमेरिका
तर कसैले पनि बुझ्न नसकेको अमेरिका।
यहा आउन नपाउनेको दुखेसो पनि अमेरिका
आएर पनि खुशी हुन नसकेको अमेरिका
तर कसैले …….
आफन्तहरुको इर्श्याको बिषय पनि अमेरिका
लोकले आशा गर्ने बिषय पनि अमेरिका
तर कसैले …….
आठ घण्टा खुट्टा गल्ने गरि उभिनु पर्ने पनि अमेरिका
चिसोले केहि गर्न नसकिने पनि अमेरिका
तर कसैले …….
सधै बासी भात खानुपर्ने नियति पनि अमेरिका
परिवार संग संगै भए पनि एक्लो भइने अमेरिका
तर कसैले …….