राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी माइक्रोबसबाट लडेर घाइते « प्रशासन
prasaLogo
८ मंसिर २०७३, बुधबार

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी माइक्रोबसबाट लडेर घाइते


प्रकाशित मिति : 23 November, 2016 5:42 pm

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएका हुनुभएको छ।

पार्टी बैठकका लागि कपन जान लागेका केसी गौशाला चोकमा माइक्रोबसबाट र खसेर घाइते हुनुभएको उहाँका स्वकिय सचिव दुर्गा शर्माले जानकारी दिनुभयो।

शर्माका अनुसार ढोका छेउको सिटमा बसेका अध्यक्ष केसी हुत्तिएर गाडीबाट खसेपछि बेहोस हुनुभएको थियो। प्रहरीले उहाँलार्इ तत्काल केएमसी अस्पताल पु¥याएको थियो।

टाउकोमा चोट लागेका केसीका सामान्य अवस्थामाअस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस