ज्यामिरे देखि डोटेसम्मको सडक विस्तार शुरु « प्रशासन
prasaLogo
१ मंसिर २०७३, बुधबार

ज्यामिरे देखि डोटेसम्मको सडक विस्तार शुरु


प्रकाशित मिति : 16 November, 2016 8:49 pm

सुर्खेत । शुभाघाट गङ्गामाला नगरपालिका अन्तर्गत चालू आर्थिक वर्ष ०७३/०७४ मा संचालित विकास निर्माणका योजनाहरु मध्ये शुभाघाट गङ्गामाला नगरपालिका ५ दहचौर मावि ज्यामिरे देखि डोटेसम्मको ४ किलोमिटर कच्ची सडकको निर्माण कार्य शुरु भएको छ ।

शुभाघाट गङ्गामालानगर पालिका सुर्खेतका ईन्जिनियर मेघराज खत्री र लेखापाल खेमराज शर्माले एक समारोहकाविच सडकको शिलान्यास गर्नुभएको छ ।

नगरपालिकाको ५ लाख रुपैयाँ अनुदान र १५ प्रतिशत जनसहभागितामा ज्यामिरे देखि डोटे सडकको आगामी ६ महिना भित्र निर्माण कार्य सम्पन्न गरिने छ ।

उक्त सडक एक मिटरको नालि सहित ८ मिटर चौडाइ रहने नगरपालिकाका ईन्जिनियर मेघराज खत्रीले जानकारी दिनुभयो । उक्त सडक यसअघि ३ मिटर चौडाइको मात्रै भएको र आवत जावत गर्न समस्या भएकोले चौडाइ बढाईको र नाली समेत निर्माण गरिने खत्रीले जानकारी दिनुभयो ।

त्यस्तै यहीँ मङ्सिर तीन गतेदेखि शुभाघाट गङ्गामाला नगरपालिका १२ मेहेलकुना पुल देखि गङ्गटे चौतारी हुदै मेहेलकुना अस्पताल सडक पनि चौडा गर्न सुरु गरिने भएको छ । उक्त सडक पनि नगरपालिका अन्तर्गत सञ्न्चालित योजना रहेको रनगरपालिकाको ५ लाख अनुदान र १५ प्रतिशत जनसहभागितावाट निर्माण गरिने तथा अन्य योजनाहरु पनि क्रमशः निर्माण गर्दै जाने ईन्जिनियर खत्रीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस