मिटर प्रणालीबाट घरघरमा पानि पु¥याउन अध्ययन « प्रशासन
Logo २७ श्रावण २०७९, शुक्रबार
   

मिटर प्रणालीबाट घरघरमा पानि पु¥याउन अध्ययन


१ मंसिर २०७३, बुधबार


सुर्खेत । खानेपानी उपभोक्ता तथा सरसफाइ समिति शुभाघाटगङ्गामाला नगरपालिका मेलकुना सुर्खेतले शुभाघाट गङ्गामाला नागरपालिका ११, १२ र १३ को खानेपानीलाई व्यवस्थित गरि मिटर सिष्टमबाट घर घरमा खानेपानीका धाराहरु पु¥याइने भएको छ ।

मेहेलकुना खानेपानी उपभोक्ता तथा सरसफाई समिति मेहेलकुनाका पदाधिकारीहरु, मेहेल कुनास्थिति विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उपभोक्ता, महिला समन्वय समितिका प्रमुख तथा प्रतिनिधिहरु सहित २१ सदस्यीय एक टोलिले छिन्चु खानेपानीको स्थलगत अनुगमन गरेको छ ।

मेलकुनामा पनि छिट्टै उपभोक्ता भेला बोलाई मिटर सिष्टमबाट घर घरमा पानी पु¥याउने खानेपानी उपभोक्ता तथा सरसफाई समिति मेहेलकुनाका अध्यक्ष हरिहर रेग्मीले जानकारी दिनुभएको छ ।

सो अवसरमा टोलिले छिन्चुको लिफ्ट खानेपानी ट्याङ्कीको स्थलगत अनुगमन गर्नुकासाथै त्यहाँको खानेपानी कसरी संचालन भइरहेको छ भन्ने बारे जानकारी समेत लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस