नेपालले जित्यो सोलिडारिटी कपको उपाधि « प्रशासन
prasaLogo
३० कार्तिक २०७३, मंगलवार

नेपालले जित्यो सोलिडारिटी कपको उपाधि


प्रकाशित मिति : 15 November, 2016 8:59 pm

नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको छ । एसियाली फुटवल महासंघ(एएफसी)ले आयोजना गरेको सोलिडारिटी कप फुटवलमा मकाउलाई पराजित गर्दै जीत हासिल गरेको छ ।

मंगलबार सम्पन्न खेलमा नेपालले मकाउलाई १–० गोल अन्तरले पराजित गरेको छ । मलेसियाको कोचिङस्थित सरावक रंगशालामा भएको खेलको २९ औं मिनेटमा भरत खवासको पासमा मिड फिल्डर सुजल श्रेष्ठले हेडमार्फत गोल गरेका थिए ।

८ वर्ष पछि मकाउसंग भिडेको नेपालले यसअघि भएका ५ वटा खेलमा ३ वटामा जीत, एक बराबरी र एकमा हार व्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस