Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जनता र व्यापारीका भारु व्यवस्थापन गर्न महासंघको ध्यानाकर्षण


प्रशासन विशेष ब्युरो

२९ कार्तिक २०७३, सोमबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाली जनतासँग रहेको एक हजार र ५०० दरका भारतीय नोटको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाको नेतृत्वमा सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेको उद्योगीको प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी सर्वसाधारण, उद्योगी तथा व्यापारीसँग भएका उक्त दरका नोटको व्यवस्थापन गर्न आग्रह गरेको हो । भारत सरकारले प्रतिबन्ध लगाएका हजार र ५०० दरका नोटबारे सर्वसाधारण नेपाली तथा उद्योगीमा अन्योल बढेसँगै महासङ्घले सरकारसँग कूटनीतिक माध्यमबाट समस्याको समाधान गर्न अनुरोध गरेको वरिष्ठ उपाध्यक्ष राणाले बताउनुभयो ।

उहाँका अनुशार  प्रधानमन्त्री दाहालले केही दिनभित्र जनस्तर र व्यापारीमा पर्न गएको समस्याबारे कूटनीतिक माध्यमबाटै समस्या समाधान गर्न प्रयत्न गरिने विश्वास दिलाउनुभएको थियो ।

भारतमा ती दरका नोट सहज रुपमा सटहीमा प्रतिबन्ध लागेसँगै नेपाल राष्ट्र बैंकले पनि निर्देशन जारी गरी बैंक, वित्तीय संस्था एवम् मुद्रा सटही केन्द्रलाई उक्त दरका नोटको कारोबार नगर्न भनेको छ । राष्ट्र बैंकले नेपालको बैंकिङ प्रणालीमा रहेको तीन करोडभन्दा बढी भारुका विषयमा भारतीय केन्द्रीय बैंकलाई पत्राचार गरिसकेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्दै जाली नोटलाई निरुत्साहन गर्न भारु ५०० र एक हजारका नोटमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस