१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डर पनि भएको, भर पनि भएको रहरलाग्दो तरुण दल मेरो लक्ष्य

अ+ अ-

नेपाली लोकतान्त्रिक आन्दोलनको पर्याय दल हो, काँग्रेस । अनि त्यसको मेरुदण्ड युवा दस्ता हो तरुण दल । पोखरामा यही कात्तिक २७ देखि हुन गईरहेको तरुण दलको महाधिवेशनलाई सकेसम्म सर्वसम्मत र नसके उच्चतम लोकतान्त्रिक विधिद्धारा सम्पन्न गर्न होमिएका देशभरका उत्साही तरुण मध्येका एक हुन कर्ण मल्ल । मल्ल पार्टीको सुदुुर क्षेत्रका स्थापित जिल्ला सभापति हुदाहुदै किन तरुण दलको नेतृत्वका लागि प्रत्याशी बन्न उद्यत छन त ? प्रशासन डटकमका विशेष प्रतिनिधि सिद्धराज उपाध्यायसंग तरुण दलको नेतृत्व लिनका कारणहरु खोल्दै कर्ण मल्लले के भने ? थप पढौं मल्लकै शव्दमा ।

पटक पटक स्थगित हुदै आएको तरुण दलको महाधिवेशन यो पटक हुने ग्यारेन्टी के छ ? तयारी कहाँ पुुग्यो ? प्रतिनिधि चयन, अन्य व्यवस्थापन कसरी भैरहेको छ ?
तरुण दलको राष्ट्रिय अध्यक्ष उदय शमसेर राणाजीले एक हप्ता अगाडि पोखरामा गरेको पत्रकार सम्मेलनबाट हामी सबैलाई जानकारी भएको छ । त्यसैलाई नै हामी सबैले आधिकारीता मानेर अघि बढी रहेका छौं ।

नेपाली कंग्रेसको १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा निर्वाचित भई सकेपश्चात उहाँको अध्यक्षतामा चैत्र ५ गते बसेकोे केन्द्रिय कार्य समितिको पहिलो बैठकबाट नेविसंघ, महिला संघ र तरुण दलको छ महिनाभित्र महाधिवेश सम्पन्न गर्ने जून निर्णय भएको छ, त्यस अनुसार नेविसंघको र महिला संघको महाधिवेशन सम्पन्न भई सकेका छन् । र, पार्टीको आन्तरिक केही कारणले गर्दा ढिलाई भएको तरुण दलको महाधिवेशन सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल बसेर गरेको समझदारी अनुसार अधिवेशनको अन्तिम तयारी भैरहेको छ । नेपाल तरुण दलको महाधिवेश गराउन पार्टीले तोकेको निर्देशन समितिका अध्यक्ष बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकले नै कार्तिक २७ देखि २९ गतेसम्म पोखरामा महाधिवेशन गर्ने भन्ने निर्णय गरिसकेकोले पनि यो पक्का छ । पार्टी सभापति लगायत शीर्षस्थ नेतृत्वको सहमतिमा निर्देशन समितिले निर्णय गरेको हुनाले यो पट्क महाधिवेशन हुनेमा सत्प्रतिशत ढुक्क छौं ।

तपाई तरुण दलको केन्द्रीय अधयक्षको प्रत्याशी किन ? के छन एजेण्डा ? के छ मिसन र भिजन ?
तरुण दलको विषम् परिस्थितिमा अहिलेका रक्षामन्त्री वालकृष्ण खाँड अध्यक्ष हुँदाखेरी तत्कालिन राजा ज्ञानेन्द्रको सरकारले उहाँलाई हिरासतमा लिएको अवस्थामा हिरासत भित्रबाटै उहाँले मलाई आफ्नो कार्य समितिमा मनोनित गर्नु भएको हो । र, केही जिम्मेवारी दिनु भएको थियो । जुन पुरा गरेँ गरीन, त्यो तत्कालिन नेतृत्वले समीक्षा गर्ने कुरा हो ।


संविधान कार्यान्वयन गराउनमा वर्तमान सभापति शेरबहादुर देउवाको काँधमा ठूलो जिम्मेवारी आएको छ । त्यो जिम्मेवारीलाई कार्यान्वयन गराउन अब आउने नेतृत्वले मिसाइलका रुपमा अगाडि बढाउनु पर्छ ।

झण्डै झण्डै एक दशक हुन लाग्यो तरुण दलको महाधिवेशन नभएको छ । त्यो बिचमा म पार्टीको जिल्ला सभापति भए र अहिले दोस्रो पटक डडेल्धुरा जिल्ला पार्टी सभापति छु । दुई चोटी पार्टी सभापति भएको एउटा पार्टी कार्यकर्ता तरुण दलको राष्ट्रिय पार्षद भई सकेपछि अध्यक्षका लागि तयारी हो कि भन्ने कुरा स्वभाविकै हो । पार्टी सभापति लगायत पार्टीका वरिष्ठ नेता, तरुण दलको राजनीतिमा ठूलो प्रभाव राख्ने नेता खुमबहादुर खड्का लगायत कृष्ण सिटौला एवं पूर्व पदाधिकारीहरुसंग छलफलको क्रममा छु । तरुण दलका प्रत्यासी साथिहरुसंग पनि छलफलको क्रममा छु । ठीक समय आएपछि उचित निर्णय गरेर औपचारिक रुपमा निर्णय गर्छु ।

तथापि म अध्यक्ष भएपछि के गर्छु भन्ने कुरामा म अध्यक्ष भएपछि के गर्छु भन्ने भन्दा पनि तरुण दलको नेतृत्व जसले गर्छ उसको अगाडि ठूलो चूनौती छ । त्यसलाई पार लगाउनका लागि भन्ने ठूलो अठोटका साथ इच्छाशक्ति भएको साथि आउनु पर्छ जो आएपनि भन्ने मेरो मान्यता हो ।

तपाई कांग्रेस डडेल्धुराको साविकको अध्यक्ष हुदाहुदै किन तरुण दलको अध्यक्षमा प्रत्याशी बन्नुभाको ?
पार्टीको जिल्लाको वहालवाला पार्टी सभापति र तरुण दलको केन्द्रीय सदस्य भइसकेको व्यक्ति युवा दस्ताको नेतृत्वको लागि तयार हुनु स्वभाविकै हो । जिल्लाको एउटा सभापतिको नाताले म आदरणीय सभापति लगायत बरिष्ठ नेता, महामन्त्री, पूर्व पदाधिकारी लगायत सिँगो कार्यसमितिका नेतृत्व गणलाई के आग्रह गर्न चाहन्छु भने तरुण दलको यो चौथो महाधिवेशबाट सर्वसम्मत नेतृत्व चयन गर्दा राम्रो होला । किनभने पार्टीको तेहैं महाधिवेशन, नेविसंघको महाधिवेशन, महिला संघको महाधिवेशन हुँदै गर्दा यसका नकारात्मक प्रभावहरुले तरुण दललाई पनि छोइरहेका छन् । पार्टी भित्रका केही नकारात्मक कुराहरुबाट तरुण दललाई मुक्त गर्न पनि सर्वसम्मत कमिटी चयन गर्न म आग्रह गर्न चाहन्छु । होइन, यदि निर्वाचनकै पद्धतिबाट आए पनि स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्वमा आउँदा खेरी किसुनजीको शब्दलाई सम्मानका साथ बोल्नुपदार्, तरुण दललाई साथि संगठन भन्नुहुन्थ्यो र चलनचल्तिको भाषालाई भन्ने हो भने भातृ संगठन । भन्नुपर्दाखेरी २० हजार सदस्यता संख्या पनि नभएको एउटा दलको महाधिवेशनको प्रक्रिया पनि दल दलमा फसिरहेको छ । यो अर्को विडम्बना हो । त्यसकारणले अब आउने नेतृत्वका अगाडि पहिलो चुनौती भनेको सके दोगुना नभए १० लाख सदस्य भएको परिवार बनाउनु पर्छ ।

दोस्रो चुनौति भनेको सदस्य संख्या मात्र बढाएर दल वलियो हुँदैन । यस भित्रका आन्तरिक कमी कमजोरीहरुलाई सुधार्दै हाल कायम रहेको दुई खाले सदस्यता प्रणालीलाई एकरुपता ल्याउदै अनलाइनबाट सदस्यता वितरण गर्ने प्रणाली शुरु गरिकन बर्गिकृत गर्नु पर्छ । त्यो भनेको के त भन्दा पूर्णरुपमा राजनीति गर्ने र तरुण दलका मुल्य र मान्यताबाट प्रभावित भएर सदस्यता लिन चाहने कति ? दक्ष कति ?, अर्धदक्ष कति ? बेरोजगार र रोजगारयुक्त कति ? जस्ता कुराहरुलाई हेरेर अवसबाट बञ्चित भएका साथिहरुका लागि अवसरको सिर्जना गर्नु दोस्रो चूनौती छ ।

तेस्रो चूनौती भनेको दलले तय गरेको नो मोनार्की, नो कम्यूनिजमको सिद्धान्त अनुसार हामी व्यवहारिक रुपमा अझै लागूू गर्न सकेका छैनौं । विश्वव्यापी मान्यता अनुसार नै जहाँ गरिवी हुन्छ, त्याहाँ कम्युुनिष्ट फष्टाउछन् भन्ने छ । त्यो कारणले नो कम्युुनिज्म बनाउने महत्वपूर्ण चुनौती रहेको छ । यो चूनौती कार्यान्यवन गर्नका लागि एक बुथ एक सय एक यूथको अवधारणा अगाडि सारी अब आउने स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट बढी भन्दा बढी युवा साथिहरुलाई उम्मेदवारी दिलाउने र पार्टीले तय गरेको साथिलाई जिताउने चौथो चूनौती छ ।

पाँचौं र अन्तिम चूनौती नेपाली कंग्रेसको तत्कालिन सभापति प्रधानमन्त्री हुँदै गर्दा उहाँको नेतृत्वमा संविधान आएको छ । कंग्रेसकै यस अघिका शसक्त नेता र नेपालका हालसम्मका ठूला नेताहरुले संविधान सभाबाट संविधान ल्याउन नसकेको परिप्रेक्ष्यमा हाम्रै पार्टीका सभापति स्व. शुसील कोइरालाको नेतृत्वमा जुन संविधान आएको छ । यो संविधान कार्यान्वयन गराउनमा वर्तमान सभापति शेरबहादुर देउवाको काँधमा ठूलो जिम्मेवारी आएको छ । त्यो जिम्मेवारीलाई कार्यान्वयन गराउन अब आउने नेतृत्वले तरुण शक्तिलाई मिसाइलका रुपमा अगाडि बढाउनु पर्छ । यो सबैभन्दा ठूलो चूनौती हो ।

३६५ दिने कार्ययोजना सहित आफ्नो उम्मेद्वारी भन्नुुहुन्छ ? के हो ३६५ दिने तपाईको कार्ययोजना ?
म लगायत जो साथि भएपनि माथि उल्लेख गरिएका चूनौतीहरुलाई दृढ इच्छाशक्तिका साथ अगाडि बढाउनै पर्छ । चाहे सर्वसम्मत होस्, चाहे निर्वाचनबाट होस् यदि सबैले मलाई जिम्मेवारी दिए भने म यी ५ वटा चूनौतीहरुको सामना गर्न म ३६५ दिनको कार्ययोजना दिएर पहिलो अगाडि बढ्ने छु । पार्टीको केन्द्रीय नेतृत्वबाट अनुमति लिएर पहिलो निर्वाचन कार्य समितिबाट यसलाई पास गराउनेछु । ३६५ दिनमा मैले भनेको कुरा कार्यान्वयन भएन भने ३६६ औं दिनमा राष्ट्रिय सम्मेलन बोलाएर नेतृत्वबाट पछाडि हट्ने छु भन्ने मेरो पूर्ण प्रतिवद्धता हो र अर्को आउने साथिले पनि यो पुरा गर्नुपर्छ भन्ने मेरो चूनौति पनि हो ।

तपाईले पनि २०५९ सालदेखि तरुण दल केन्द्रीय समितिमा काम गर्दै आउनुभएको छ । यो वीचमा तपाईले संगठनको घोषित कार्य लक्ष्य प्राप्त गर्न के के योगदान दिनुु भो त ? के आधारमा तपाईलाई प्रतिनिधिले अध्यक्षमा चुुन्ने ?
म यतिबेला औपचारिक रुपमा अध्यक्षको उम्मेद्वारी घोषणा गर्नुभन्दा पनि अध्यक्ष यस्तो हुनुपर्छ भन्ने बहसका लागि नै धेरै साथिहरुलाई अगाडि बढाईरहेको छु । तथापि सहमति या निर्वाचन प्रक्रियाबाट मलाई जिम्मेवारी दिइन्छ भने म त्यो जिम्मेवारी लिन तयार छु । मैले अघि भनेको चूनौती स्वीकार्न तयार छु र प्रतिवद्धता पत्र सहित नै बाचा गर्छु र त्यो पुरा गर्न सकीन भने ब्याक हुन पनि तयार छु ।

जहाँसम्म मेरो योगदानको कुरा छ । त्यो निकै जटिल अवस्था थियो । तरुण दलको इतिहासमा आजसम्म जेलबाट तरुण दलको अध्यक्षले मनोनित गरेको व्यक्ति पनि मै हुँ । तत्कालिन राजाका विरुद्धमा आन्दोलन गर्नुपर्ने चूनौती एकातिर थियो भने अर्को गाउँमा कंग्रेस भन्ने वित्तिकै लखेटिने, मारिने, कुटिने, पिटिने अर्को जर्जर परिस्थिति थियो । अर्को भनेको अन्य दलहरुसंग मिलेर आन्दोलनलाई अगाडि बढाउनका लागि खेल्नुपर्ने भूमिका आफैमा महत्वपूर्ण थियो ।

०६७ साउन १४ गतेबाट आजको दिनसम्म पार्टीको डडेल्धुरा जिल्लाको सभापतिका रुपमा काम गरिरहेको छु । म गौरवका साथ भन्न सक्छु की म सभापति हुनुभन्दा पहिले डडेल्धुरा जिल्लाको कंग्रेसको संगठन, राजनीति, तरुणहरुको अवस्था र आजको अवस्था हेर्दा पनि तपाईले त्यो प्रष्ट रुपमा देख्न सक्नुहुन्छ । यसलाई यसरी पनि बुझ्न सकिन्छ कि, २०६४ संविधान सभाको चुनावमा हालका पार्टी सभापति शेरबहादुर देउवाले थोरै मतले मात्रै चुनाव जित्नु भएको थियो । २०६७ मा म सभापति भई सकेपछि २०७० को चुनावमा २४० वटै निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतमतान्तरले चुनाव जित्ने नेतामा अंकित हुनुहुन्छ । डडेल्धुराका आम तरुणलाई अनुशासित बनाएर ती साथिहरुलाई मिसाइलको रुपमा परिचालन गरेँ । यद्यपी ति साथिहरुलाई आज कति प्रोटेक्सन गरेको छु, भोलि कति गरौंला त्यो अर्को पाटो हो । बाँकी परिणाम अवको स्थानीय तहको निर्वाचनमा पनि आउन बाँकी नै छ ।

ती बाहेक २०६७ मसान्तसम्म प्रत्येक दुइ दिनमा एउटा मान्छे मरिरहेको थियो । त्यसको एउटै मात्र कारण तल्लो स्तरको रक्सि नै थियो । दोस्रो कारण जुवातास । यसलाई सके निर्मुल गर्नुपर्छ होइन भने न्यूनिकरण गर्नुपर्छ, सके निषेधित गर्नुपर्छ । हैन भने नियन्त्रण गर्नुपर्छ भनेर अभियान नै शुरु गरेर ठूलो संख्यामा तरुणका साथिहरु परिचालन गरे । यो कुरा कुनै पनि पार्टीले र मेरै पार्टीको पनि कुनै पनि जिल्लामा यस्तो अभियान संचालन भएको छैन । यसमा हाम्रै पार्टीकी नेतृ डा. आरजु देउवाले ठूलो सहयोग गर्नुभयो । उहाँ आफैले पनि ७ दिनसम्म त्यसको नेतृत्व लिदै अभियानलाई गति दिनुभयो । स्थानीय प्रशासनले मिसनकै रुपमा साथ दियो । समाजको विकृति हटाउन यसले धेरै ठूलो सहयोग गर्यो । र आज तपाईले हेर्नु भयो भने मदिरा र जुवाकै कारण छिटपुट बाहेक दैनिक जसो घटना पाउनुहुन्न । कार्यकर्ता र नेतृत्वबाट जुन जिम्मेवारी पाएको थिए, त्यो पुरा गर्न सकेको छु जस्तो लाग्छ ।

तरुण दलको यो महाधिवेशनमा निर्वाचन हुने कुरा कत्तिको सुनिश्चित छ त ?
अधिवेशन हुने कुरा सुनिश्चित छ । अधिवेशन एउटा कुरा हो, निर्वाचन भनेको त्यो भित्रको सहायक पाटो हो । महाधिवेसन नयाँ नेतृत्व चयनका लागि हुन्छ ।

यदि सर्वसम्मतिमा नेतृत्व चयनको नीति पार्टीले लियो भने के गर्नुुहुन्छ ?
त्यसलाई सर्वस्वीकार्य रुपमा मान्नुपर्छ ।

तपाई पार्टी सभापति र संस्थापन पक्षको उम्मेद्धवार भनिदैछ ? खास कुरा के हो ?
पार्टी सभापति र संस्थापन पक्षको उम्मेद्धवार भन्नलाई कुनै पनि साथिले हिचकिचाउनुहुन्न किनभने पार्टी सभापति सबैको प्रधान नेता हो । अहिले पार्टी सभापति शेरबहादुर देउवा हो । त्यसैले उहाँ सबैको नेता पनि हो । उहाँको म जिल्लाकै पार्टी सभापति हुँ । त्यसकारण मलाई पार्टी सभापतिको उम्मेदवार हुँ भन्न र कसैले कर्णबहादुर मल्ल पार्टी सभापतिको उम्मेदवार भन्नमा कुुनै साथिले अनर्थ लाउनु पर्ने कुनै कारण छैन ।

तपाई यदि चुनावै जितेर नेतृत्वमा आएमा तरुणहरुलाई कसरी परिचालित गर्नुहुनेछ ?
यदि त्यो महत्वपूर्ण जिम्मेवारी यो महाधिवेशनबाट पार्टिको नेतृत्व र आम साथिहरुले मलाई दिए भने म पार्टीले बोकेको जुन मिसन छ म ग्यारेन्टीका साथ भन्छु दक्षिण एसियामै सबैभन्दा आकर्षण यूवा संगठन बनाउने लक्ष्यका साथ अगाडि बढ्छु यदि गर्न सकेन भने म ३६६ औं दिनमा कंग्रेसकै राजनीतिबाट प्यासिभ भएर निर्णय गर्छु ।

तरुण दलको भविष्य तपाईको नेतृत्वमा कसरी शसक्त पार्ने योजना छ ?
तरुण दल विचारले पनि परिपक्क भएका मान्छेहरुको दल । तरुण दलमा लागिसकेपछि पार्टीको नेतृत्वले केही दिन्छ भन्ने हैन । पार्टीको नेतृत्वले जबर्जस्त दिने ढंगको योग्यता निर्माण गर्ने साथिहरुको दल (ल्याकत बनाउन सक्ने) दल पनि हो । आफै आफ्नो जीवनयापन गर्न सक्ने क्षमता, योग्यता, गरिखाने साथिहरुको दल हो यो । र, असाध्यै आत्मअनुशानमा बस्न सक्ने र अरुलाई पनि अनुुशासनमा बसाउन सक्ने साथिहरुको दल हो यो । परम्परा, संस्कार, संस्कृतिलाई महत्वपूर्ण सिद्धान्त मान्दै आफु संस्कारयुक्त भई समाजलाई सुुसंस्कृत बनाउने सोच भएका, क्षमता भएका साथिहरु हुँदै आम नेपालीले विशेषतः गरिवीको रेखामुनी रहेका नेपालीहरु र त्यसमा पनि यूवाहरु –डर भएको दल हो तरुण दल । त्यो भनेको के त भन्दा कुनै मानिसले गलत गरिरहेको छ भने त्यसलाई तरुण दलको डर होस् । र भर भएको दल त उसै पनि हो तरुण दल । राज्यबाट, समाजबाट, आफन्तबाट, घर परिवार लगायत सबै क्षेत्रबाट कुनै कारणले तिरस्कार भएछ भने त्यसलाई आश्रय दिने, भरोसा दिने दलका रुपमा निर्माण गर्ने भएकाले मैले यसलाई भर भएको दल भनेँ । त्यस्तो दल निर्माण गर्दैगर्दा त्यसमा लागेको साथीले के भन्न सकोस् भनेर गर्वले भन्न सकोस् । सदस्यता दिन चाहने मान्छेले रहरले तरुण दलको सदस्य लिने वातावरण बनाउने सोच छ मेरो ।

मल्ल नेपाल तरुण दलका अध्यक्षका प्रत्यासी हुन्

प्रतिक्रिया दिनुहोस