मलाई एक्लो पार्न तिमीले कोरेकै हो खाका
मन–मुटुमा पस्ने सबै बन्द गर्यौ नाका
आँखा तरी किन हिँड्छौ भन्दै तिम्रासामु
प्रश्न पनि सोधेकै हूँ मैले त्यसै ताका
व्यापारीको भरिया भई राहदानी बोकी
म पनि त पुगेकै हूँ कैयौँ चोटि ढाका
बाँझै भए खेत–गरा, विदेशिए युवा
अँधेरो भो गाउँबस्ती भन्छन् बुढापाका
मौलिक कुरा के छ बाँकी, सबै अरूको हो
गाउँमा पनि सुनिदैन गाइने दाइको भाका ।
०००