Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रणव मुखर्जी एसियाकै उच्च नेताः प्रधानमन्त्री


प्रशासन संवाददाता

१८ कार्तिक २०७३, बिहिबार


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई एसिया महादेशकै एक उच्च नेताका रुपमा चित्रण गर्नुभएको छ ।

काठमाडाँै विश्वविद्यालयले विहीबार राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गर्न आयोजना गरेको विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले भारतलाई विकासको पथमा अग्रसर गराउन उहाँले निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्दै त्यसो भन्नुभएको हो ।

प्रधानमन्त्री दाहालले उच्च राजनीतिक छवि बोक्नुभएका मुखर्जीको राजनीतिक व्यक्तित्व र विचार अर्थपूर्ण जीवनका लागि प्रेरक हुने पनि उल्लेख गर्नुभयो ।

नेपालको तीनदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति मुखर्जीलाई अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वजनिक सेवा र कुशल राजनीतिका लागि गुणस्तरीय शिक्षामा केन्द्रित काठमाडौँ विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि प्रदान गरेको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, “नेपाल–भारतबीचको सम्बन्धमा सांस्कृतिक, धार्मिक र सामाजिक समानता पाइनुका साथै मौलिकतायुक्त पनि छ । राष्ट्रपति मुखर्जीको भ्रमणले सम्बन्धमा थप व्यापकता आएको छ ।”

जीवनमा पत्रकार, बैङ्कर, अर्थशास्त्री, कुशल राजनीतिज्ञ हुँदै उच्चतम ओहोदामा पुग्नुभएकामा मुखर्जीलाई बधाई दिँदै प्रधानमन्त्री दाहालले उहाँको राष्ट्रपतीय कालमा भारतले ‘सफल स्टेटम्यानसिप’ पाइरहने विश्वास व्यक्त गर्नुभयो ।

स्थापनाको २५ वर्षे यात्रामा सो विश्वविद्यालयले यसअघि नेपालका संस्कृतिविद् सत्यमोहन जोशी र भारतका राजनीतिज्ञ करण सिंहलाई मानार्थ महाविद्यावारिधि प्रदान गरिसकेको छ ।

मुखर्जीले यसअघि सन् २०१३ मा बङ्गलादेशको ढाका विश्वविद्यालय, सन् २०१४ मा भारतको कोलकात्ता विश्वविद्यालय, सन् २०१५ मा रसियन डिप्लोम्याटिक एकेडेमी, सन् २०१५ मा ब्रसेल्स स्टेट युनिभर्सिटी, सन् २०१५ मा जोर्डन विश्वविद्यालय र सोही वर्ष इजरायलको हेब्रु विश्वविद्यालयबाट मानार्थ महाविद्यावारिधि सम्मान प्राप्त गरिसक्नुभएको छ ।

दीक्षान्त ग्रहण भाषण गर्दै भारतीय राष्ट्रपति मुखर्जीले सम्मानबाट आफू मानवसेवामा थप समर्पित हुन प्रेरणा मिलेको बताउनुभयो ।

सो विश्वविद्यालयका विद्यार्थीलाई भविष्यका आशा र नेताका रुपमा सम्बोधन गर्दै उहाँले नवीन खोज र शिक्षा आर्जनबाट सार्वजनिक जीवनमा सार्थक योगदान दिन आह्वान गर्नुभयो ।

मुखर्जीले भन्नुभयो, “नवीन खोजबाट नै विश्वमा औद्योगिक विकासको युग प्रारम्भ भएको हो । मैले काठमाडौँ विश्वविद्यालयका विद्यार्थीबाट पनि त्यो काम हुने विश्वास लिएको छु । मलाई सम्मान दिएर ममाथि गरिएको मानव सेवाको अपेक्षा पनि पूरा गर्ने सङ्कल्प गर्दछु ।”

विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकजु श्रेष्ठले शैक्षिक सुधारका लागि शिक्षाको पुनःपरिभाषा गर्दै उच्च शिक्षासम्मलाई समुदाय र सीपसँग जोड्नुपर्ने बताउनुभयो ।

विसं २०४८ मा निजी क्षेत्रको पहिलो विश्वविद्यालयका रुपमा काठमाडौँ विश्वविद्यालयको स्थापना भएको हो । सो विश्वविद्यालयबाट सयौँ भारतीय विद्यार्थीले उच्च शिक्षा हासिल गरिसकेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस