Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पशुपतिनाथ नेपाल र भारतका जनताका लागि समानः मुखर्जी


प्रशासन संवाददाता

१८ कार्तिक २०७३, बिहिबार


काठमाडौँ । भारतका राष्ट्रपति प्रणव मुखर्जीले पशुपति क्षेत्रका घाटको पुनःनिर्माणमा सहयोग गर्ने चाहना व्यक्त गर्नुभएको छ ।

पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेक र सवा लाख दीप प्रज्वलनसहितको विशेष पूजापछि पशुपति क्षेत्र विकास कोषको आगन्तुक पुस्तिकामा उहाँले लेख्नुभएको छ – “पशुपतिनाथ मन्दिर नेपाल र भारतका जनताका लागि समान श्रद्धाको केन्द्र हो ।”

नेपालको राजकीय भ्रमणको दोस्रो दिन आज बिहान पशुपतिनाथको दर्शनार्थ पुग्नुभएका राष्ट्रपति मुखर्जीले मन्दिरमा पुनः आउन पाएकामा आफू प्रसन्न रहेको उल्लेख गर्नुभयो । “पशुपतिनाथ मन्दिर सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्वको स्थान हो” आगन्तुक पुस्तिकामा उहाँले लेख्नुभएको छ ।

“पशुपतिनाथ मन्दिर सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्वको स्थान हो” आगन्तुक पुस्तिकामा उहाँले लेख्नुभएको छ ।

पुरातात्विक महत्वको पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न पाउँदा आनन्दको अनुभूति गरेको राष्ट्रपति मुखर्जीले पुस्तिकामा उल्लेख गर्नुभएको छ ।

“नेपाल–भारत मैत्री पशुपतिनाथ धर्मशाला परियोजनाको स्थापनामा सहयोग गर्न पाउँदा भारत सरकारलाई खुसी लागेको छ, यो योजनाको अहिले कार्यान्वयन भइरहेको छ”– उहाँको मन्तव्यमा उल्लेख छ ।

अद्वितीय पशुपतिनाथ क्षेत्रको संरक्षण र सम्बद्र्धनमा सफलताको कामना पनि उहाँले गर्नुभएको छ । सात वर्षअघि आएका बेलामा भन्दा अहिले बागमती नदी सफा भएकामा राष्ट्रपति मुखर्जीले खुसी व्यक्त गर्नुभयो ।

पशुपति परिसरमा पुग्नुभएका राष्ट्रपति मुखर्जीलाई दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै नेपाल वेद विद्याश्रमका ब्राह्मण वटुकले वैदिक मन्त्रोच्चारणले स्वागत गरेको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।

“राष्ट्रपति मुखर्जीले विशेष पूजापछि भूकम्पले पशुपति प्राङ्गणमा के कति क्षति पु¥यायो भनी जिज्ञासा राख्नुभयो, आर्यघाट क्षेत्रको संरक्षण सम्बद्र्धनमा पनि उहाँले विशेष रुचि देखाउनुभएको छ” – उहाँले भन्नुभयो ।

“राष्ट्रपति मुखर्जीले विशेष पूजापछि भूकम्पले पशुपति प्राङ्गणमा के कति क्षति पु¥यायो भनी जिज्ञासा राख्नुभयो, आर्यघाट क्षेत्रको संरक्षण सम्बद्र्धनमा पनि उहाँले विशेष रुचि देखाउनुभएको छ” 

राष्ट्रपति मुखर्जीले सबै मठमन्दिरमा खाममा राखेर दक्षिणा चढाउनुभएको थियो ।

कोषका तर्फबाट राष्ट्रपति मुखर्जीलाई काठले बनेको नृत्यनाथ, नटराज एवम् अन्य देवीदेवताका तीन फिट अग्लो मन्दिर उपहारस्वरुप प्रदान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस