१४८ बालबालिकामा कडा खालको कुपोषण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१४८ बालबालिकामा कडा खालको कुपोषण


प्रशासन संवाददाता

१८ कार्तिक २०७३, बिहिबार


बैतडी । बैतडीमा ‘कडा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम’ सञ्चालन भएको तीन महिनाभित्र तीन हजार ४१५ बालबालिकामा पोषण स्थितिबारे जाँच गरिएकामा १४८ जनामा कडा खालको कुपोषण देखिएको छ ।

विभिन्न गाविस तथा नगरपालिकाका छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषणको स्थितिका बारेमा जाँच गरिएको कार्यक्रमका कडा शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमका जिल्ला संयोजक प्रदीप पराजुलीले जानकारी दिनुुभयो ।

जाँच गरिएका बालबालिकामध्ये १४८ जनामा कडा खालको कुपोषण देखिएको छ भने ३९४ जनामा मध्यम शीघ्र कुपोषण देखिएको छ । कडा खालको कुपोषण देखिएका बालबालिकामध्ये ७९ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस