Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा


प्रशासन संवाददाता

२४ भाद्र २०७३, शुक्रबार


खोटाङ । रकम हिनामिना गरेको आरोपमा जिल्लाको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र समितिका दुई सदस्यविरुद्ध अख्तियारमा उजुरी परेको छ । जिल्लाको पश्चिमी गाविस दुर्छिम–५ स्थित दुर्छिम उच्च माविका व्यवस्थापन समिति अध्यक्ष रुपेन्द्र राई, प्रधानाध्यापक विष्णुकुमार राई, समितिका सदस्य प्रदीप राई र बाल राईविरुद्ध उजुरी परेको हो । अध्यक्ष, प्रअ र दुईजना सदस्यको मिलोमतोमा दलित छात्रवृत्ति, भवन निर्माण तथा दातृ निकायबाट प्राप्त रु ३५ लाख ५० हजार रकम हिनामिना भएको उजुरीमा उल्लेख छ । दलित छात्रवृत्तिका लागि विगतका तीन आर्थिक वर्षमा आएको रु तीन÷तीन लाख गरी जम्मा नौ लाख, विद्यालय भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट प्राप्त २४ लाख, अभिभावकबाट चन्दा सङ्कलन गरिएको रु एक लाख र फर्निचर निर्माणका लागि गाविसबाट छुट्याइएको एक लाख ५० हजार रुपैयाँ रकम उनीहरुले हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय काठमाडौँमा परेको उजुरीमा दाबी गरिएको छ ।

विद्यालयमा आउने अन्य विभिन्न शीर्षकका रकमसमेत उनीहरुले आफू अनुकूल भागबन्डा गरेर खाने गरेको अभिभावकले दिएको उजुरीमा जनाइएको छ । विद्यालयमा भएको आर्थिक हिनामिना तथा उनीहरुले गरेका अनैतिक व्यवहारप्रति तत्काल छानबिन गरेर आरोपितलाई कानुनी कारबाही गर्न विद्यालयका पीडित भनेर उल्लेख गरिएको उजुरीमार्फत माग गरिएको छ । विद्यालयको रकम हिनामिना भएको विषयलाई लिएर पटक–पटक छलफल भएको स्थानीयवासीले बताएका छन् । पटक–पटकको छलफलले कुनै निष्कर्ष ननिकालेपछि अख्तियारमा उजुरी दिइएको छलफलमा सहभागी अभिभावकले बताएका छन् । विद्यालयमा अध्ययनरत दलित छात्रछात्राले आफूहरुले पाउँदै आएको छात्रवृत्ति रकम लगातार तीन वर्षदेखि नपाएको गुनासो गरेपछि सो कुरा बाहिर आएको स्थानीयवासीले बताएका छन् । आर्थिक अनियमितताका विषयमा यसअघि सोही विद्यालयमा अध्ययनरत विद्यार्थीले समेत छानबिन गरी कारबाही अगाडि बढाइयोस् भनेर आन्दोलन गरेका थिए । आर्थिक अनियमितताका विषयलाई लिएर पछिल्लो समय विद्यालयमा भइरहेको विवादले आफूहरुको पठनपाठनमा समेत असर गरेको विद्यार्थीले बताएका छन् । विद्यालयमा भएको समस्या समाधानतर्फ हालसम्म सम्बन्धित निकायले चासो नदिएको स्थानीय अभिभावक तामन राईले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस