Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

क्यान्सर रोक्न नयाँ ‘एचपिभी खोप’


प्रशासन संवाददाता

१० भाद्र २०७३, शुक्रबार


पाठेघरको मुखको क्यान्सर रोकथामका लागि चितवनमा नयाँ ‘एचपिभी खोप’ कार्यक्रम सञ्चालन गरिएको छ ।

गतवर्षबाट नेपालमा नमुना कार्यक्रमको रूपमा आएको यो खोपले पाठेघरमा हुने क्यान्सर रोक्न सहयोग पुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य महाशाखाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिनुभयो ।

उहाँले एचपिभी खोपको प्रभावकारिता ९० प्रतिशत रहेको जानकारी दिनुभयो । बिशेषगरी रोग लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिने उपाएका रूपमा यो खोप नेपालमा ल्याइएको हो, खोप अधिकृत भण्डारीले भन्नुभयो– यो कार्यक्रम नमुनाका रूपमा चितवन र कास्की जिल्लामा सञ्चालन गरिएको छ । दुई जिल्लामा सफल भए मुलुकभरी नै निःशुल्क खोप कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

नेपालमा अहिले निःशुल्क भएपनि बाहिर यसको खरिद मूल्य करिब रु १० हजार रहेको छ । विश्वका ६४ देशमा यो खोप सुरु गरिएको बताइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा भएको खोप कार्यक्रम अन्तर्गत कक्षा ६ का बालिकालाई खोप दिने गरिएको भण्डारीले बताउनुभयो ।

यस्तै १० वर्ष उमेर पुगेका तर विद्यालय नगएका बालिकालाई समेत खोप दिइने छ । नौ वर्ष उमेर मुनिकालाई दिन नमिल्ने भएकाले ६ कक्षाका बालिका छनोट गरिएको हो ।

कार्यक्रम अन्तर्गत चितवनमा सात हजार भन्दा बढी बालिकालाई खोप लगाइएको र यो पटक छुटेकालाई र गएको वर्ष एक मात्रा लगाएका र कक्षा ६ मा पढ्ने नयाँ बालिकालाई खोप दिइने महाशाखाका अर्का खोप कार्यक्रम अधिकृत वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

वर्षमा यो खोप दुई पटक लगाइन्छ । अघिल्लो वर्ष पहिलो डोज लगाएका छात्रालाई पनि यो पटक पुनः लगाइने छ । त्यस्तै अहिले कक्षा ६ मा पढ्ने जिल्लाका सबै बालिकालाई यही भदौको तेस्रो सातामा खोप लगाईने श्रेष्ठले जानकारी दिनुभयो ।

खोपसँगसँगै पाठेघरको मुखको क्यान्सरका लागि परीक्षणको कार्यक्रम समेत परिवार महाशाखामार्फत आएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसुदन कोइरालाले जानकारी दिनुभयो ।

पाठेघरको मुखको क्यान्सर एक किसिमको एचपिभी भन्ने भाइरसबाट सर्छ । यौन सम्पर्कका बेला यो रोग सर्ने भएकाले यौन सम्पर्क हुनुअघि नै खोप लगाए रोकथाम हुने भएकाले ६ कक्षाका बालिकालाई खोप दिने कार्यक्रम आएको हो ।

एक तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट दुई लाख ७० हजारको मृत्यु हुने गरेको छ । त्यसमध्ये ८५ प्रतिशत विकासोन्मुख देशका हुने गरेका छन् । विश्वमा फोक्सोको क्यान्सर सबैभन्दा बढी हो भने त्यसपछि पाठेघरको मुखको क्यान्सर हो । नेपालमा वर्षको १० हजार महिला यो रोगबाट पीडित हुने गरेको तथ्याङ्क छ । रासस

प्रतिक्रिया दिनुहोस