१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय खेलकुद प्रतियोगिता ८ मङ्सीरदेखि

अ+ अ-

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आगामी मङ्सीर ८ देखि १५ गतेसम्म साताँै राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुनेगरी मिति तय भएको बताउनुभएको छ ।

प्रेस चौतारीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्य सचिव विष्टले सो कुरा स्पष्ट पार्नुहुँदै अहिले नेपालले साताँै राष्ट्रिय खेलकुद प्रतियोगितासँगै सन २०१८ मा नेपालले आयोजना गर्ने १३ आँै साफको पनि तयारीमा जुटेको जानकारी दिनुभयो ।

दुई पटकसम्म विविध कारणले साताँै खेलकुद आयोजनाको मिति तोकिएपछि पनि मिति सार्नु परेको दुःखद् अवस्थालाई चिर्दै अब पूर्वाञ्चलमा पहिलो र अन्तिम पटक सातौँ खेलकुद प्रतियोगिता हुन लागेको हो भन्नुहुँदै सदस्य सचिव विष्टले अब प्रदेशका रुपमा खेलकुद आयोजना हुन सक्ने बताउनुभयो ।

अहिलेको संरचनाअनुसार मेचीका झापा र इलाम, कोसीको सुनसरी र मोरङ तथा सगरमाथाका सप्तरी र सिरहा जिल्लामा राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश हुने ३५ खेलको प्रतियोगिता हुनेमा पहिले नै तीन खेल स्वीमिङ, ट्रायथोलन र शारीरिक सुगठनका राष्ट्रिय प्रतियोगिता भइसकेको पनि सदस्य सचिव विष्टले जानकारी गराउनुभयो ।

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मोरङमा ११ वटा सुनसरीमा १३ वटा झापा पाँच वटा सिरहा र सप्तरी तथा इलाममा १–१ गरी जम्मा ३२ खेलको प्रतियोगिता सञ्चालनमा रहने छन् ।

मोरङको विराटनगरमा राष्ट्रपतिबाट उद्घाटन हुने साताँै राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन सुनसरीको धरानमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने गरी तयारी तीव्र पारिएको पनि सदस्य सचिव विष्टले जानकारी दिनुभयो ।

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि रु ३७ करोड ६८ लाख आवश्यक पर्ने सरकारसँग प्रस्ताव गरिसकिएको जानकारी दिनुहुँदै सदस्य सचिव विष्टले खेलमा समावेश हुने ३२ खेलका खेलाडी अफिसियल कर्मचारी प्रशिक्षकलगायत गरी छ हजार २८३ जनाको सहभागिता रहने प्रारम्भिक आँकडा पनि दिनुभएको छ ।

त्यसैगरी खेलकुदलाई मर्यादित र अहिलेसम्मकै विशिष्ट तुल्याउका लागि विभिन्न १३ वटा उपसमितिको गठन भइसकेको र भदौ १५ देखि असोज १४ सम्म विभिन्न खेलको छनोट प्रतियोगिता सम्पन्न गरी कात्तिक २५ देखि मङ्सिर ३ सम्ममा क्षेत्रीयस्तरका छनोट पनि सिध्याएर मङ्सिर १ देखि ७ सम्म सबै खेलको क्लोज क्याम्प सिध्याएर मङ्सिर ८ मा उद्घाटन भई ९ गतेदेखि सबै खेलका अन्तिम चरणका खेल सञ्चालनको तयारी भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस