‘नगरोन्मुख गाउँको पूर्वाधार विकास पहिलो प्राथमिकता’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘नगरोन्मुख गाउँको पूर्वाधार विकास पहिलो प्राथमिकता’


प्रशासन संवाददाता

१० भाद्र २०७३, शुक्रबार


सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले नगरोन्मुख गाउँको पूर्वाधार विकासमा पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

मन्त्रालयमा आज पदभार ग्रहणपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “नगरोन्मुख गाउँमा सडक, खानेपानी, खुला स्थान लगायत न्यूनतम सुविधा पु¥याएर सुन्दर सहर बनाइनुपर्छ, अव्यवस्थित सहर निर्माण र ठूला भवन बनाउने मानसिकतालाई अब त्याग्नुपर्छ । ”

भूकम्पपछिको पुनःनिर्माणमा मन्त्रालयका तर्फबाट पूरा गरिनुपर्ने दायित्व निर्वाहका लागि उच्च प्राथमिकतामा राख्न मन्त्री केसीले मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभयो । विकास निर्माणमा छुट्याइएको बजेट आव सकिन २२ दिन बाँकी हुँदा ३९ प्रतिशत खर्च हुने र आवको अन्तमा ९८ प्रतिशत पुग्ने प्रक्रियालाई रोक्न सुरुदेखि नै अनुगमनलाई प्रभावकारी बनाइनुपर्नेमा उहाँको जोड थियो ।

वास्तविक सुकुम्बासीलाई जनता आवास कार्यक्रम अन्तर्गत कार्ययोजना बनाउन पनि मन्त्री केसीले निर्देशन दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्रबाबु श्रेष्ठले सहरमा भएको कृषि भूमि संरक्षणमा मन्त्रालयको ध्यान जानुपर्ने बताउनुभयो । “आगामी वैशाखभित्रमा विकास बजेटको ८० प्रतिशतको काम सक्ने गरी योजना बनाएर काम गरिनुपर्छ, यसो भएमा मन्त्रालयका लागि यस वर्ष छुट्याइएको बजेटबाट सहरी पूर्वाधार विकासमा महत्वपूर्ण काम हुनसक्छ”–उहाँले भन्नुभयो ।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले २१७ नगरपालिकाको सहरी क्षेत्रमा हाल ४२ प्रतिशत जनसङ्ख्या बसोबास गरेको जानकारी दिनुभयो ।
“सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या बढ्दै जाँदा सहरीकरणमा चुनौती थपिएको छ, बिग्रेका सहरलाई व्यवस्थित गर्ने र नयाँ बन्ने सहरलाई बिग्रन नदिने दायित्व मन्त्रालयमा छ, नगरोन्मुख गाउँमा सहरी अवयवलाई पु¥याउनेतर्फ पनि मन्त्रालयको ध्यान गएको छ”–उहाँले भन्नुभयो ।

चालु आवमा २० हजार जनतामा जनता आवास कार्यक्रम पु¥याउने मन्त्रालयको लक्ष्य रहेकोे जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस