Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

इटालीको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या २६७, उद्वार जारी


प्रशासन संवाददाता

१० भाद्र २०७३, शुक्रबार


इटालीमा गएको बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्याको २६७ छ । इटालीको नागरिक प्रतिरक्षा विभागले शुक्रबार बिहान सो जानकारी दिएको छ ।

उद्वारको कार्य जारी रहेको छ र उद्वारकर्मीहरूका अनुसार अझै पनि केही व्यक्ति पुरिएर रहेका अनुमान गरिएको छ । सो भूकम्पका कारण सयौँ घर ध्वस्त भएको बताइए पनि अझै क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

अमात्रिसमा मात्र २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको यहाँका मेयर सर्गीओ पिरोजीले बताएका छन् ।

इटालीको अमात्रिस गाउँको जनसङ्ख्या करिब २ हजार ५०० मात्र रहेको छ । भूकम्पले अति प्रभावित यस इलाकामा बढी क्षति भएको बताइएको छ ।

अमात्रिस गाउँमा अवस्थित होटेल रोमामा बसेका करिब ३२ जना पाहुना बेपत्ता रहेका अन्तराष्ट्रिय समाचार समितिहरुले हिजो जनाएका थिए । उनीहरु भूकम्पले ढालेको भग्नाबशेषभित्र परेका जनाइएको छ ।

बुधबार बिहान सवेरै ६.२ रिक्टर स्केलको भूकम्प गएको थियो । उद्वारकार्य जारी रहेको छ र हताहत हुने व्यक्तिहरूको सङ्ख्या अझै बढ्ने पनि बताइएको छ ।

सो भूकम्पमा परी ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

इटालीको नागरिक प्रतिरक्षा विभागले दिएको जानकारीअनुसार भूकम्पको उद्धारमा खटिएका उद्धारकर्मीहरूले अझै पनि धेरै व्यक्ति भग्नावशेषमा पुरिएर रहेका हुनाले मृतकको सङ्ख्या बढ्न पनि सक्ने बताएका छन् ।

इटालीका दुर्गम गाउँहरू उमरिया, मार्के र लाजियोमा यस भूकम्पले बढी क्षति पु¥याएको बताइएको छ ।

इटालीमा सन् २००९ पछिको यो सबैभन्दा शक्तिशाली भूकम्प हो । सन् २००९ मा यहाँ गएको भूकम्पमा परी कम्तीमा पनि ३०० जनाको ज्यान गएको थियो ।

चिनियाँ उद्वारकर्मी इटाली पुगे

यसैबीच चिनियाँ उद्वारकर्मीको एक समूह बिहीबार साँझ इटालीको भूकम्प प्रभावित इलाकामा पुगेको बताइएको छ ।

बिहीबार साँझ त्यहाँ पुगेको सो उद्वार टोलीले उद्धारकार्य सुरु गरिसकेको सरकारी स्रोतले जानकारी दिएको छ ।

पूर्वी चीनको जेजिआङ्ग प्रान्तको रम युनियन नामक उद्वार समूहको तर्फबाट गएको सो टोलीका तीन व्यक्ति तत्काल उद्धारकार्यमा लागेका प्रान्तीय नागरिक मामिला विभागले जानकारी दिएको छ ।

मध्य इटालीको पहाडी इलाकामा गएको ६.२ रिक्टर स्केलको भूकम्पमा परी कम्तीमा २६७ व्यक्तिको मृत्यु भएको छ । चीनको जेजिआङ्ग प्रान्तको रम युनियन नामक उद्धार समूहतर्फबाट गएको सो उद्धार समूहमा दुई जना चिकित्सकसहित १६ जना रहेका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस