थ्रीस्टारले प्ले अफ खेल्न पाउने « प्रशासन
prasaLogo
१६ श्रावण २०७८, शनिबार
   

थ्रीस्टारले प्ले अफ खेल्न पाउने


प्रशासन संवाददाता

१० भाद्र २०७३, शुक्रबार


नेपालको राष्ट्रिय लिग विजेता थ्रीस्टार क्लबले मङ्गोलियामा जारी एएफसी कप फुटबल प्रतियोगिताको प्ले अफ खेल्न पाउने भएको छ ।

मङ्गोलियामा भएको प्रतियोगिताको प्ले अफ छनौटमा समूह बी बाट समूह बिजेता बन्दै थ्रीस्टारले अर्को चरणको यात्रा तय गरेको हो ।

आज इर्चिम र नागावल्डबीचको खेलमा इर्चिमले नागावल्डलाई शुन्यका बिरुद्ध एक गोलले हराएपछि थ्रीस्टार दोस्रो चरणमा पुग्ने निश्चित भएको हो ।

यसअघि मङ्गलबार भएको आफ्नो दोस्रो खेलमा थ्रीस्टारले कम्बोडियाको नागावल्ड क्लबसँग एक÷एक गोलको बराबरी खेलेपछि अर्को चरणमा प्रवेशका लागि आजको इर्चिम र नागावल्डबीचको नतिजा पर्खनुपरेको थियो ।

गत आइतबार भएको पहिलो खेलमा आयोजक मङ्गोलियाकै इर्चिम क्लबलाई थ्रीस्टारले शुन्यका बिरुद्ध दुई गोल अन्तरले पराजित गरेको थियो ।

तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता रहेको छ । तीनै समूहबाट समूह विजेता टोली अर्को चरणमा पुग्नेछन् । रासस

प्रतिक्रिया दिनुहोस