Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अतिरिक्त क्रियाकलापले विद्यार्थीको सिकाइ बढ्यो


प्रशासन संवाददाता

१० भाद्र २०७३, शुक्रबार


सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलापले विद्यार्थीमा सिकाइ उपलब्धि बढाएको सहभागीले बताएका छन् ।

शङ्खरापुरको जरहसिंहपौवामा ग्लोबल एक्सन नेपालले आज आयोजना गरेको ‘शिक्षा तथा बालसंरक्षणमा सामुदायिक सहभागिता’ विषयक गोष्ठीमा सहभागीले विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्नाले विद्यार्थीको सिकाइ उपलब्धि बढाएको बताएका छन् ।

कार्यक्रममा बालज्योति निमावि शङ्खरापुर–२ का प्रधानाध्यापक सीताराम ढुङ्गानाले विद्यालयमा अतिरिक्त क्रियाकलाप गरेसँगै विद्यार्थीले विद्यालयको पढाइ समयावधिमा पूरा समय बस्ने भएकाले सिकाइ उपलब्धि बढेको बताउनुभयो ।

जरहसिंहपौवास्थित कालिकाशरण उमाविका प्रधानाध्यापक प्रमोद प्रधानले प्राथमिक तहमा खेल सामग्रीसँगै पढाउँदा विद्यार्थीको सिकाइमा सहयोग मिलेको बताउनुभयो ।

शङ्खरापुर–२ चाँपाबोटस्थित चाँपाबोट उच्च माविका प्रअ नारायण धिमालले बालबालिकालाई शैक्षिक सामग्री दिएपछि बालकक्षादेखि कक्षा ३ का बालबालिकाको पढाइमा सकारात्मक परिवर्तन आएको जानकारी गराउनुभयो ।

शङ्खरापुर नपा–१ देखि ५ सम्मका १४ विद्यालयमा विद्यार्थीलाई विद्यालय समयमा टिकाउनका लागि खेल सामग्री, शैक्षिक सामग्री प्रदान गर्नुका साथै अतिरिक्त क्रियाकलाप सञ्चालन गरेका छन् ।

ग्लोबल एक्सन नेपालका परियोजना प्रबन्धक दलबहादुर सुनारले खेल सामग्रीका माध्यमबाट पढाउँदा प्रारम्भिक कक्षाका बालबालिकामा पढ्ने वातावरण निर्माण भएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस