Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विभागको संरचनालाई व्यवस्थित गर्न निर्देशन


प्रशासन संवाददाता

१० भाद्र २०७३, शुक्रबार


नवनियुक्त वन तथा भू संरक्षणमन्त्री शङ्कर भण्डारीले वन मन्त्रालयअन्तर्गतका विभागको संरचनालाई व्यवस्थित गर्न निर्देशन दिनुभएको छ ।
आज मन्त्रालयमा पदबहाली गर्दै मन्त्री भण्डारीले कर्मचारीलाई नियमित कार्यालयमा आएर आफ्नो कामकारबाही गर्न आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “तपाइँलाई समस्या परेमा आफ्नो उचित र जायज माँग मलाई भन्नुहोस् मैले गर्नसक्ने समाधान गर्छु तर इमान्दार भएर काम गर्नुहोस् ।”
मन्त्री भण्डारीले वन तथा भू क्षेत्रको विकास र विस्तारका लागि मन्त्रीपरिषद्को वैठकमा खेल्नुपर्ने भूमिका खेल्न आफु तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भूकम्पपछिको पुननिर्माणमा काठको आवश्यकता रहेको हुँदा आफ्नो कार्यकालमा काठ उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री भण्डारीले सामुहिक प्रयत्नमार्फत सबै समस्या समाधान हुने भन्दै सबैलाई एकजुट भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयको कार्यप्रगतिको बारेमा समय समयमा समिक्षा गर्नु आवश्यक रहेको बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस