Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागू


प्रशासन संवाददाता

८ भाद्र २०७३, बुधबार


रत्ननगर (चितवन), ८ भदौ । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चितवनदेखि पथलैयासम्म टाइमकार्ड व्यवस्था लागू गरेको छ ।

पूर्व–पश्चिम राजमार्गमापर्ने चितवन, मकवानपुर हुँदै पथलैयासम्मका लागि टाइमकार्ड व्यवस्था लागू गरिएको चितवनका ट्राफिक प्रहरी प्रमुख राजन भेटवालले जानकारी दिनुभयो ।

चितवनदेखि पथलैयासम्मको ९४ किलोमिटरका लागि प्रहरीले एकसय २७ मिनेट समय तोकेको छ । उहाँका अनुसार तोकिएको भन्दा कम समयमा सो क्षेत्रमा पुग्ने सवारीलाई कारबाही गर्ने गरी कार्ड लागू गरिएको हो । सवारी दुर्घटनाको कारणमध्ये तीव्रगतिमा चलाउनु मुख्य रहेको पाइएकाले टाइमकार्ड लागू गरिएको हो ।

भेटवालका अनुसार चितवनदेखि मकवानपुरको मनहरी ४० किलोमिटर क्षेत्रको दुरीका लागि ५१ मिनेट तोकिएको छ । यस्तै मनहरी हेटाँैडा २६ किलोमिटर दुरीका लागि ३५ मिनेट सयम तोकिएको छ ।

यस्तै हेटाँैडादेखि पथलैया २८ किलोमिटरका लागि ४१ मिनेट समय ताकिएको छ । उक्त समय हेर्न प्रहरीले चितवनको गोन्द्राङ, मकवानपुरको मनहरी र रातमाटे तथा पथलैयामा कार्ड परीक्षण गर्ने व्यवस्था गरेको प्रहरीले जनाएको छ । चितवन जिल्लाभित्रको राजमार्गमा गोन्द्रादेखि लोथरसम्मको लागि पनि टाइमकार्ड तोकिएको छ ।

गोन्द्राङ खैरहनी १२ किलोमिटरलाई १५ मिनेट, खैरहनी भण्डारा ८ किलोलोमिटरलाई १० मिनेट, भण्डारा लोथर– ९ किलोमिटरलाई ११ मिनेट तोकिएको छ ।

यस्तै लोथरदेखि मकवानपुर मनहरी ११ किलोमिटरका लागि १५ मिनेट समय तोकिएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवन भएर दैनिक सात हजार बढी सवारी हिँड्ने गरेको प्रहरीले जनाएको छ । यता चितवनको भरतपुरदेखि काठमाडाँै जाने बाटो दारेचोकसम्मको रुटमा भने समय तोकिएको छैन । नारायणगढ– मुग्लिन सडक निर्माणाधिन रहेकाले सम्भव नरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस