Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बँदेल धपाउन रातभर बारीमै जाग्राम


प्रशासन संवाददाता

८ भाद्र २०७३, बुधबार


सल्यान, ८ भदौ । जिल्लाको उत्तरी क्षेत्रमा रहेका गाविसमा बँदेलले बालीनाली सखाप पार्न थालेपछि स्थानीयबासी बारीमै जाग्राम बस्न थालेका छन् ।

रातको समयमा बँदेलको समूह आएर मकै, कोदोलगायतको बाली नाली नष्ट गर्न थालेपछि स्थानीय बालीनाली जोगाउन रातभर बारीमै जाग्राम बस्न थालेका हुन् ।

मकै पाक्न लागेको समयमा नजिकैका जङ्गलबाट बँदेलको समूह आएर मूलखोला, देवस्थल र घाँजरी पिपल गाविसका स्थानीयले लगाएको बालीनाली सखाप पार्न थालेपछि उनीहरु चिन्तित हुन थालेका छन् ।

बँदेलको समूहले मकै, बदाम, अदुवा, बेसार, पिडालु, तरुललगायतका बाली नाली नष्ट पारेको मूलखोला–५ का महेन्द्र बूढाले जानकारी दिनुभयो । “बर्सेनी पाक्न लागेको बाली नष्ट गरेर बँदेलले दुःख दिन थाले, बालीनाली जोगाउन बारीमै रातभर जाग्राम बस्नुपर्ने भयो,” बूढाले भन्नुभयो ।

लगातार तीन वर्षदेखि बँदेलको समूहले मूलखोला वडा नं ४ र ५, देवस्थलको २, ४ र ५ वडामा करिब २०० रोपनीमा लगाएको बाली सखाप पारेको स्थानीयको भनाइ छ । बँदेलको समूहले सबैभन्दा बढी मकैबालीमा क्षति पु¥याएको स्थानीय दुर्गा विसीले जानकारी दिनुभयो ।

“स्थानीय रातको समयमा थाली, मादल, सिटी बजाउने तथा बारीमै आगो बालेर जाग्राम बसेर बाली जोगाउने गरेका छन्, यसको स्थायी समाधान नभएसम्म स्थानीयवासीलाई सास्ती नै छ ।” विष्टले भन्नुभयो । बँदेलको समूहले मानिसलाई समेत आक्रमण गरेर घाइते समेत बनाउने भएकाले स्थानीय त्रसित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस