१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लालपुर्जा नहुँदा अनुदान रकम पाउनबाट वञ्चित

अ+ अ-

बनेपा, ८ भदौ । काभ्रेपलाञ्चोकमा आवश्यक कागजात नभएका कारण झन्डै तीन प्रतिशत भूकम्पपीडितले सरकारले प्रदान गरेको अनुदान रकम पाउन सकेका छैनन् ।

जिल्लाको दुर्गम गाविस मानिने महाभारत शृङ्खला, डाँडापारीको गाविस, फलामेटारसहितको दुई गाविस र अन्य गाविसमा समेत लालपुर्जा नभएको र ऐलानी जग्गामा बसोवास गरेका भूकम्पपीडितले सो रकम पाउन नसकेको राष्ट्रिय पुनःनिर्माण उपक्षेत्रीय कार्यालय, धुलिखेलले जनाएको छ ।

घर बनाउन भूकम्पपीडितका लागि सरकारले प्रदान गरेको अनुदान रकम पाउन लालपुर्जा अनिवार्य हुनुपर्ने कानुनी प्रावधान रहेको छ ।

नाम निस्केर पनि लालपुर्जालगायतका कागजात नभएका कारण भूकम्पपीडितले सरकारले प्रदान गरेको अनुदान रकम पाउन नसकेको रविओपी गाविसका सचिव छविलाल श्रेष्ठले बताउनुभयो ।

उहाँले आफ्नो गाविसमा करिब १० जना लाभग्राही रकम पाउनबाट वञ्चित भएको जानकारी दिँदै २०० जनाको हाराहारीमा गुनासो रहेको बताउनुभयो । सरकारले प्रदान गरेको अनुदान पाउने ९७० जनामध्ये अहिलेसम्म सो गाविसमा ७८३ जनाले अनुदान लिइसकेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका सिनियर डिभिजन इन्जिनियर होमनाथ पौडेलले सुकुम्बासी समस्या समाधान गर्न छिट्टै नै कार्यविधि तयार हुन लागेको जानकारी दिनुभयो ।

उहाँले अहिलेसम्म जिल्लभरमा १४ हजारको गुनासो आएको र त्यसलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पठाइने उल्लेख गर्दै कतिपय गाविसमा अनुदान सम्झौताको काम सकिएको बताउनुभयो ।

सो कार्यालयका अनुसार काभ्रेपलाञ्चोकमा अहिलेसम्म ४४ हजार घरधुरीसँग सम्झौता भएको छ भने ३३ हजार १२० जनाको खातामा रु. ५० हजारका दरले रकम वितरण भइसकेको छ । जिल्लाको ६ गाविसमा अझै पनि अनुदान सम्झौता हुन सकेको छैन । जिल्लामा ६७ हजार ५०० को हाराहारीमा लाभग्राही छन् । रासस

प्रतिक्रिया दिनुहोस