Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

महाकाली नाच ब्यूँताउँदै थिमिका युवा


प्रशासन संवाददाता

७ भाद्र २०७३, मंगलबार


लोपोन्मुख अवस्थामा पुगेको सांस्कतिक एवम् ऐतिहासिक जात्रा र पर्व जोगाउन थिमिका युवा पुस्ता सक्रिय भएका छन् । विभिन्न पर्वमा थिमिमा मनाइने कैयौँ जात्रा र परम्परा लोप भइसकेका छन् भने केही लोप हुने अवस्थामा छन् ।

लोपोन्मुख अवस्थामा पुगिसकेका सांस्कृतिक परम्परालाई जोगाउन थिमिका युवा सक्रिय भएका हुन् ।

यसवर्ष नगदेशका युवाले सात वर्षअघिदेखि बन्द भइआएको महाकाली नाचलाई फेरि जीवन्त तुल्याएका छन् ।

अर्थाभावका कारण २०६६ सालमा बन्द भएको धार्मिक महत्वको यो नाचलाई यहाँका स्थानीयवासीले जीवन्त राख्नुपर्ने महसुस गरेर यसवर्ष आठ वर्षका बालकदेखि ३५ वर्षसम्मका युवालाई नयाँ देवगणका रुपमा तान्त्रिक विधिअनुसार प्रशिक्षण दिएर नगदेश सांस्कृतिक पुचःको अगुवाइमा नाचलाई निरन्तरता दिने प्रयास गरिएको पुचःका सचिव विनोद कोजुले बताउनुभयो ।

नेपाल सम्वत् ७८६ मा भक्तपुरका राजा राय मल्लले नवदुर्गा नाच, नीलबाराही नाच र महाकाली नाचको प्रचलन चलाएको महाकाली नाचका गुरु मध्यपुर थिमि–५, त्वागाः निवासी ८१ वर्षीय भक्तबहादुर घजु बताउनुहुन्छ ।

महाकाली नाचमा महाकाली एक, महालक्ष्मी एक, कौमारी एक, सिंह एक, बेताः चार, भूत भैरव दुई, कवाँ ९कङ्काल० दुई, ख्याक दुई, माकः ९बाँदर० दुई, मयूर एक, महिषासुर दैत्य एक गरी १८ देवगण रहने गर्दछन् । यो नाचलाई कोष नै बनाएर जीवन्तता दिने योजनामा नगदेशका युवा रहेका छन् ।

यता, मध्यपुरथिमिमा लाय्कूबाट निकालिने भैरव नाच ४५ वर्षसम्म बन्द भए पनि यहाँका युवाले गत वर्षदेखि फेरि सञ्चालनमा ल्याएका छन् । मल्लकाल भन्दा अघिदेखि सञ्चालन भएर रोकिएको यो नाच यहाँका युवाले तीन वर्षको अनुसन्धानपछि गत वर्षदेखि सञ्चालनमा ल्याएको नाच सिकाउने गुरु अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

गाईजात्राको भोलिपल्टको राति थिमिको लाय्कू दरबारबाट सुरु भएर चार रातसम्म निरन्तर मध्यपुरथिमिको विभिन्न टोलमा प्रदर्शन गरिएको यो नाच आज बिहान ७ बजेदेखि सम्पन्न भएको नाचका सहयोगी हरिसुन्दर श्रेष्ठले बताउनुभयो ।

साक्षात् भैरव प्रकट हुने विश्वास गरिएको भैरव नाच चार रातसम्म लाय्कू हुँदै बालकुमारी, इनायटोल, दिगुटोल, हात्ती महाङ्काल, भूलाङखेल, चपाचो, गुङ्चिवा ९नौ वटा चैत्य० भएको ठाउँको परिक्रमापछि पुनः लाय्कू पुगेर सम्पन्न हुने परम्परा रहेको छ ।

मल्लकालीन वंशावलीमा ‘मदेयक मगाःगु’ अर्थात नभै नहुने भनेर उल्लेख गरिएको यो नाचमा भैरव दुई, कुमारी अर्थात दागीँ दुई, ज्यापुङ्ग एकले देवताको मुकुन्डो धारण गरेर नाच प्रदर्शन गर्ने नाचका सहयोगी श्रेष्ठले बताउनुभयो ।

नाचमा वाद्यवादनमा १२, दाग बाजामा १२, भुस्याः बाजामा आठ, पेंगा बाजामा आठ, मुवाली बाजामा चार र प्रत्येक देवताको सहयोगी समेत गरेर ६८ जनाको टोलीको नाचमा सहभागिता रहनेछ । वाद्य एवम् भैरव नाचका गुरु निरञ्जन श्रेष्ठले आफू जन्मनु अघि नै लोप भइसकेको यो नाच युवा कै सक्रियतामा अब हरेक वर्ष सञ्चालन गरिने दृढता प्रकट गर्नुभयो ।

महाकाली र भैरव नाच गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म रातभर टोलटोलमा प्रदर्शन गर्ने परम्परा रहेको छ । अहिलेसम्म हरेक वर्ष निरन्तर रुपमा मध्यपुरथिमिकै बोडेमा मनाइने नीलबाराही नाच भने निरन्तर रुपमा चार रात तीन दिनसम्म मनाइन्छ । गाईजात्राको भोलिपल्टको मध्यरात १२ बजेदेखि सुरु हुने यो नाच आजरातिदेखि सम्पन्न हुँदैछ ।

नाच बोडेको नारायणथान लाछिबाट सुरु भई लाय्कु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा रहेको छ । प्रत्येक टोलको चोकमा धाः बाजा, भुस्याः, काँय र पेँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ ।

देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगणको समूह रहेको हुन्छ । देवता १९, गुरु ६, देवताका १९ सहयोगी, बाजा बजाउने नौ गरी यो नाचमा १०० जना भन्दा बढी व्यक्ति क्रियाशील रहने गर्दछन् ।

परापूर्वकालमा नीलबाराही देवीले एकदिन मानिसका रूपमा बोडे सहर आएर स्थानीय धोँ जातका एक मानिसलाई नीलबाराही जङ्गलमा लगेर चार दिनसम्म कसैले नदेख्ने गरी नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाएपछि यो नाच सुरु भएको किंवदन्ति रहिआएको नाचका गुरु कान्छा बालाले जानकारी दिनुभयो ।

थिमिका तीनवटै नाच प्रदर्शन गर्दा यी क्षेत्रमा भूत, प्रेत, पिशाचले दुःख नदिने, अनिकाल, रोगको महामारी नहुने, भूकम्पले क्षति नगर्ने जनविश्वास रहेको छ ।

के घाम के झरी, के दिन के रात यतिखेर पुस्तौंदेखि चल्दै आएको धार्मिक विश्वाससहितको देवीदेवता नाच्ने नाचले थिमि यत्तिखेर चौबीसै सैघन्टा जागिरहेको छ । देवताका मुकुन्डो लगाएका देवगण नाचिरहँदा थिमिका घर घर र चोक चोकबाट पूजा गर्नेको भीड पनि उत्तिकै लाग्ने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस