Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दुर्घटनामा ज्यान गुमाउनेमध्ये चालीस प्रतिशत पैदल यात्रु


प्रशासन संवाददाता

७ भाद्र २०७३, मंगलबार


सडक दुर्घटनामा ज्यान गुमाएकामध्ये ४० प्रतिशत पैदल यात्रु रहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल स्काउटको संयुक्त आयोजनामा आज यहाँ आयोजित सडक सुरक्षा सचेतना कार्यक्रमको समापन कार्यक्रममा बोल्दै महाशाखाका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले आव २०७२÷७३ मा सडक दुर्घटनामा दुई हजार छ जनाको निधन भएकामध्ये ८०० जना पैदल यात्रु रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बर्सेनि सडक दुर्घटनाबाट यति धेरै मानिसको मृत्यु हुने गरेको छ यसलाई न्यूनीकरण गर्न सबैले आफ्नो घर र छरछिमेकमा जनचेतना जगाउनु आवश्यक छ ।” अर्यालले एकछिनको हतारोमा मानिसको ज्यान जाने गरेको भन्दै हतार नगरी बाटो काट्न वा सवारी चलाउन आग्रह गर्नुभयो ।

नेपाल स्काउटका व्यवस्थापक रवीन दाहालले ट्राफिक व्यवस्थापन र सुरक्षा कक्षा काठमाडौँ उपत्यकामा मात्र सीमित नराखी देशका व्यस्त सहरमा पनि सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

महाशाखाका प्रहरी नायब उपरीक्षक सविन प्रधानले गत साउन ९ गतेदेखि काठमाडौँका विभिन्न विद्यालयका विद्यार्थीमार्फत पैदलयात्रु र चालकलाई जनचेतना दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनचेतना दिएका पैदलयात्रु तथा चालकले पुनः गल्ती गरे कानुनी कारबाही गर्छौं ।”

जनचेतनाका लागि नोबेल स्कुल, लालीगुराँस, श्वेतसदन, जुद्धोदय, इपिएसलगायत १४ विद्यालय र लिङ्कन, सेन्जिभियर्स, मोर्गान, ओरियन्ट कलेजका विद्यार्थी सहभागिता रहेको प्रधानले बताउनुभयो । कार्यक्रममा स्वयम्सेवक विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस