Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मानव बेचबिखन र हुन्डीविरुद्ध नयाँ शक्तिको अभियान


प्रशासन संवाददाता

२३ श्रावण २०७३, आइतबार


ललितपुर, ८ साउन । मानव बेचबिखन र हुण्डी कारोबारलाई रोक्नको लागि नयाँ शाक्ति पार्टी नेपाल प्रवास प्रादेशिक परिषदले अभियान सञ्चालन गर्ने भएको छ ।

मानव तस्करी तथा अबैधानिक रुपमा हुण्डीमार्फत कारोबार गरी श्रमिक ठग्ने र मुलुकको राजस्वमा समेत असर हुने क्रियाकलाप बढिरहेको भन्दै यसका बिरुद्ध प्रवास प्रादेशिक परिषदले अभियान संचालन गर्ने जानाकारी दिएको छ । परिषदका सदस्य इन्द्रराज भट्टराईले संचालन गर्नुभएको उक्त कार्यक्रममा प्रवास प्रादेशिक परिषद घोषणासभा तथा कार्यलय उद्घाटन कार्यक्रममा संयोजक नवराज सुवेदीले मानव बेचबिखन तथा हुण्डी कारोबारविरुद्ध अभियान संचालन गर्ने जानाकारी दिएका थिए ।

सोही कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टी नेपालको सह संयोजक दुर्गा सोबले नाजायज फाइदा उठाएर मानव तस्करी भइरहेको र नेपालमा एउटा ठूलो विकृतिका रुपमा रहेको तस्करको गिरोहलाई निरुत्साहित गर्न प्रवास प्रादेशिक परिषदले संचालन गर्न लागेको अभियानलाई सफल बनाउन यस सम्बन्धि काम गर्दै आईरहेका संघसंस्था र सरकारसंग समन्वय गरेर काम गर्दा प्रभावकारी हुने बताइन् ।

यस्तै नयाँ शक्ति नेपाल अन्तराष्ट्रिय विभागका संयोजक हिसिला यमीले नयाँ शक्तिले लिएको आर्थिक नितिलाई पछ्याउँदै स्वदेशमा लगानि भित्र्याउने वाताबरण सृजनागर्न प्रवास प्रादेशिक परिषद्को महत्वपुर्ण भुमिका रहने जनाइन् । उनले नेपाली महिलालाई ललाई फकाई वैदेशिक रोजगारीको प्रलोभन पारेर बेचबिखन गर्ने गरेकाले त्यसलाई नियन्त्रण गर्न पनि यस परिषद्ले महत्वपुर्ण भूमिका खेल्ने औल्याइन् ।

प्रवास प्रादेशिक परिषदको ललितपुरमा रहेको कार्यलयमा एक कार्यक्रमको आयोजना गरिसंयोजक सुवेदीले १०१ सदस्यीय प्रवास प्रादेशिक परिषद् गठन भएको घोषणा समेत गरे । उक्त परिषदमा सहसंयोजक शंकर भण्डारी लगायत २३ देशका सदस्यहरु रहेको उनले जानकारी दिए । यो परिषदमा तीन सहसंयोजक हुने व्यवस्था गरिएको छ । विदेशमा बस्ने नेपालीहरुको प्रतिनिधित्व गर्दै अमेरिकाका प्रतिनिधि ज्ञानेन्द्र खड्काले विदेशमा रहेका नेपालीहरुलाई ईलेक्ट्रोनिक प्रविधिबाट भोट हाल्न पाउने ब्यवस्था गर्नुपर्नेमा जोड दिए ।

प्रवास प्रादेशिक परिषदले प्रवासको बिस्तारित बैठक एवम् राष्ट्रिय भेलाको भाव सम्प्रेषण कार्यक्रम आगामी अगष्ट २८ र २९ मा भारतमा गर्ने निर्णय गरेको जनाएको छ । आउँदो सेप्टेम्बर १६ तारिखमा कोरिया र १८ तारिखका दिन जापानमा नयाँ शक्ति पार्टीका केन्द्रीय संयोजक एवम् पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रमुख अतिथ्यता र प्रवास प्रादेशिक समितिका संयोजक नवराज सुवेदीको उपस्थितिमा राष्ट्रिय भेलाको भाव संप्रेषण कार्यक्रमलाई भव्यतापूर्वक सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस