Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

हामी यस कारण अरु व्यक्तिप्रति आकर्षित हुन्छौं


प्रशासन संवाददाता

२३ श्रावण २०७३, आइतबार


काठमाडौं । मानिस कुन र कस्ता व्यक्ति प्रति आकर्षित हुन्छ भन्ने कुरालाई धेरै पक्षले निर्धारण गरेको हुन्छ । मनोवैज्ञानिकहरुले यस विषयमा लामो अध्ययन गरेर केही तथ्यहरु बाहिर ल्याएका छन् । मानिसको भावनात्मक तथा शारीरिक आकर्षणमा निम्म पक्षको भुमिका रहेको उनीहरुको निश्कर्ष रहेको छः

१. मानिस आफूजस्तै देखिने व्यक्ति प्रति बढी आकर्षित हुन्छ । प्रायः मानिसमा यस प्रकारको आकर्षण बढी देखिन्छ ।

२. मनो वैज्ञानिकका अनुसार मानिसहरु आफ्ना बाबुआमाको याद दिलाउने वा देखिने व्यक्ति प्रति बढी आकर्षित हुने गर्दछन् । आफ्ना मातापिताको रंग, वर्ण, उचाई, मोटाई तथा उमेर झल्काउने मानिसले हाम्रो ध्यान तान्ने गर्दछन् भन्ने उनीहरुको दावी रहेको छ ।

३.व्यायाम  वा अन्य शारीरिक श्रमपछि हाम्रो मुटुको धड्कन बढ्छ । यसरी मुटुको धड्कन बढेको अवस्थामा हामीले जसलाई देख्छौ उसैप्रति आकर्षित हुन्छौं ।

४. रक्सीको नशाले पनि मानवीय आकर्षणलाई प्रभाव पारको हुन्छ । धेरै रक्सी पिएको बेलामा विपरीत लिङ्गीप्रतिको आकर्षण बढ्ने गर्दछ । आफू सामुन्ने रहेको विपरीत लिङ्गीप्रति जति धेरै रक्सी पिउदै गयो त्यति धेरै आकर्षण बढ्छ ।

५. पोज देखाउने मानिसले भन्दा सामान्य हाइहेलो गरेर मन छुने कुरा गर्ने मानिसले हामीलाई बढी प्रभावित पार्दछन् । र यस्ता व्यक्तिप्रति मानिस बढी अाकर्षित हुने गर्दछन् ।

६. हामी कुन व्यक्तिप्रति बढी आकर्षित हुन्छौं भन्ने कुरा आँखाको हेराइले मात्रै प्रभाव पारेको हुदैन । यस विषयलाई सबै इन्द्रिय मिलेर निर्धारण गर्दछन् । वास्तवमा आवाज, गन्ध तथा स्पर्श तथा स्वादको पनि  यसमा भुमिका रहेको हुन्छ ।

७. महिलाहरु कस्तो खालको पुरुषप्रति आकर्षित हुन्छन् भन्ने कुरालाई महिनावारीले पनि निर्धारण गरेको हुन्छ । महिनावारी भएको बेलामा महिलाको प्रजनन संवेदनशीलता बढेर जान्छ र यस अवस्थामा बलिया, खाइलाग्दा तथा स्वस्थ पुरुषप्रति उनीहरु आकर्षित हुन्छन् ।

८. मानिसको आकर्षणलाई पहिरनको रंगले पनि प्रभाव पारेको हुन्छ । विशेषगरी  रातो रंगले पुरुषलाई बढी प्रभाव पार्दछ । प्रायः पुरुषहरु रातो पहिरन लगाएका महिलाप्रति बढी आकर्षित हुने गर्दछन् ।

९. शारीरिक तथा भावनात्मक आकर्षणलाई मौसमले पनि प्रभाव पारेको हुन्छ । गर्मीमा भन्दा जाडो याममा पुरुषहरु महिलाप्रति बढी आकर्षित हुन्छन् । त्यस्तै पानी परेको बेलामा महिलाहरु पुरुषप्रति बढी आकर्षित हुने गर्दछन् ।

१०. अनुसन्धानले जसलाई पाउन बढी गाह्रो हुन्छ त्यही व्यक्तिप्रति बढी आकर्षण हुने कुरा देखाएको छ ।

प्रतिक्रिया दिनुहोस