ताप्लेजुङ । पाथीभराको दर्शन गरी र्फकने क्रममा जिप दुर्घटना हुँदा ११ जना तीर्थयात्री घाइते भएका छन् ।
पाथीभराको दर्शन गरेर फर्कने क्रममा मे १ ज १४८६ नम्बरको जिप मङ्गलबार राती १० बजेतिर सुकेटार गुप्ते नजिक दुर्घटना हुँदा ११ जना घाइते भएको जनाइएको छ । ।
जिप दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
गम्भीर घाइते हुनेमा ५४ वर्षीया मोतिमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल, ३८ वर्षीया लक्ष्मी सिग्देल र आठ वर्षीय बालक निशान आचार्य छन् ।
गम्भीर घाइते पाँजनालाई ताप्लेजुङमा उपचार सम्भव नभएपछि अन्यत्र रिफर गरिएको छ । सामान्य अवस्थाका घाइते बाँकी छ जनाको ताप्लेजुङमै उपचार भइरहेको ताप्लेजुङ प्रहरीले जाएको छ ।
प्रहरीका अनुसरा घाइते हुनेहरु सबैजना निजगढ बाराका रहेका छन् ।
उक्त जिपमा १६ जना यात्रु सवार रहेका थिए भने तीव्र गतिका कारण जिप अनिन्त्रित भई सडक छेउमा पल्टिएको बताइएको छ ।