काठमाडौँ । जनमत पार्टीले देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआउन भन्नका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको आरोप लगाएको छ ।
पार्टीका प्रवक्ता शरदसिंह यादवले भने, ‘यो देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआउनु भन्नका लागि रेशम चौधरीलाई पक्राउ गरेको देखिन्छ ।’
चौधरीलाई केहीबेरअघि प्रज्ञा प्रतिष्ठान परिसरबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै उनलाई डिल्लीबजार कारागार लगिएको छ ।
यता दुई पार्टीबीच आज हुने भनिएको एकता सभा स्थगित गरिएको छ ।