३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीले सरकार र शिक्षकबीचको वार्ता भाँड्न चाहेको एमालेको आरोप  

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र शिक्षक र सरकारबीच हुन लागेको वार्ता भाँड्न उद्धत रहेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकपछि संसद् बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको अभिव्यक्तिबाट उहाँहरू सरकारसँगको वार्ता संसद्‍मार्फत् भाँड्न चाहनुहुन्छ भन्ने पुष्टि हुन्छ ।’

‘सरकार समस्या समाधानका लागि वार्ता गर्न तयार हुने, विषयवस्तु छिटो हल गर्न मेहनत गर्ने, अनि उहाँहरू मन्त्री किन संसद्‍मा हाम्रो प्रस्तावमा छलफल गर्न आएन भनेर भ्रम छर्न खोज्ने,’ उनले भने, ‘निष्कर्ष उन्मुख बनेको वार्ताको वातावरणलाई संसद् भित्र ल्याएर राजनीति गर्न खोज्ने उहाँहरूको प्रयत्नप्रति हामी दुःख व्यक्त गर्न चाहन्छौँ ।’

माओवादी केन्द्रले आन्दोलनरत शिक्षकलाई सडक नछोड्न पटक-पटक आग्रह गरेर वातावरणलाई उत्तेजित बनाएको उनको आरोप छ ।

प्रमुख प्रतिपक्षी दलले शिक्षक आन्दोलनलाई राजनीतिक रङ दिएको भन्दै उनले संसद्‍मा पनि यही विषय ल्याएर अप्ठ्यारो पार्ने र वार्ता निष्कर्षमा नपुगोस् भनेर बिथोल्न खोजेको आरोप लगाए ।

शिक्षकका जायज मागहरू पूरा गर्न सरकार गम्भीर रहेको भन्दै उनले वार्ता प्रक्रियामा व्यवधान नपुर्‍याउन समेत विपक्षी दलहरूलाई उनले आग्रह गरे ।

राज्यले धान्ने जायज मागहरू पूरा गर्ने वातावरण बनाइ शिक्षकलाई नियमित पठनपाठनमा फर्किने वातावरण सरकारले बनाइरहेको उनको भनाइ छ ।

शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले संसद्‍मा दर्ता गराएको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव कार्यसूचीमा नराखिएको भन्दै प्रतिपक्षी दलहरूले आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस