काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरवारमा सुरु भएको छ ।
बैठकमा संसदको बजेट अधिवेशन लगायतका विषयमा छलफल भइहरेको छ । सरकारले वैशाख १२ गते अधिवेशन आह्वानसमेत गरेको छ ।
संघीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयकलगायत महत्त्वपूर्ण विधेयकहरूमा सदनमा पार्टीले कसरी भूमिका खेल्ने भन्ने विषयमा पनि बैठक केन्द्रित भएको पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।