काठमाडौँ । सिंहदरवारबाट पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखिएको छ।
आज केही बेरअघि सिंहदरवार क्षेत्रमा विरोध प्रदर्शनका क्रममा अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार उनीहरूलाई हाल भद्रकालीस्थित परिसरमा राखिएको छ।
उक्त घटनाको समयमा सांसद दीपक सिंह पनि त्यहीँ उपस्थित थिए। यद्यपि उनी भने प्रहरी नियन्त्रणमा नपरी अहिले प्रदर्शन स्थलमा पुगेका छन्।