१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कप्तान नरेन भट्टले भने-‘अफगानिस्तानलाई हराउनेमा विश्वस्त छौँ’

अ+ अ-

काठमाडौँ । नेपाली यू-१९ क्रिकेट टोलीका कप्तान नरेन भट्टले जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटको अन्तिम र महत्त्वपूर्ण खेलमा बलियो टोली अफगानिस्तानलाई हराउनेमा विश्वस्त रहेको बताएका छन् ।

हङकङसँगको सहज जितपछि कुरा गर्दै नरेनले अब हुने महत्त्वपूर्ण खेलका लागि टिममा सबैको मनोबल उच्च रहेको उल्लेख गरेका हुन् ।

‘हामी विश्वस्त छौँ, सबैजनाको मनोबल उच्च छ जुन हिसाबले हामी खेलिरहेका छौँ, हामी जित्न सक्छौँ र विश्वकपमा छनोट हुनेछौँ,’ नरेनले भने ।

अफगानिस्तानसँग यसअघि खेलेको युथ ओडिआई शृंखलाबाट सिकेका कुराहरूबाट नै रणनीति बनाउने कप्तान नरेनले बताए । ‘अब कसरी खेल्नुपर्छ भन्ने कुरा त त्यही दिन थाहा हुन्छ, ब्याटिङ–बलिङ जे भए पनि आफ्नो बेस्ट दिनेछौँ,’ उनले भने ।

नेपालले बुधबार भएको खेलमा हङकङमाथि ९ विकेटको सहज जित निकाल्यो । ११६ रनको लक्ष्य नेपालले १३ ओभरभित्रै १ विकेटको क्षतिमा पूरा गरेको हो ।

यस खेलबारे कुरा गर्दै नरेनले विपक्षीको सुरुवात राम्रो भए पनि त्यही अनुसार रणनीति बनाएर राम्रो फिनिस गर्न सकेको बताए । ‘उनीहरूका ब्याटरले कसरी खेल्छन्, त्यसरी नै योजना बनायौँ र फिनिसिङ राम्रो भयो । युवराजले राम्रो गरेको छ फर्ममा आइरहेको छ,’ उनले भने, ‘अब अफगानिस्तानसँग पनि राम्रो प्रदर्शन गर्ने भरोसा छ ।’

नरेनले बुधबारको खेलमा नेट रनरेट भन्दा पनि जितलाई नै मुख्य लक्ष्य बनाएर खेलेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस