१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनप्रतिनिधिलगायतले सामुदायिक विद्यालयमा बालबालिका भर्ना नगरे सेवा सुविधा कटौती हुने

अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिकाका जनप्रतिनिधिलगायत सार्वजनिक पदमा रहेका व्यक्तिले सामुदायिक विद्यालयमा बालबालिका भर्ना नगरे सेवा सुविधा कटौती हुने भएको छ ।

जनप्रतिनिधिले आफ्नो एवं आफ्नो एकाघरका बालबालिका सामुदायिक विद्यालयमा भर्ना नगरेको पाइए सेवा सुविधा कटौती गरिनाका साथै नगरपालिकाका अन्य प्रक्रियामा सहभागी नगराइने निर्णय भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर विष्टले जानकारी दिए । विद्यालयका शिक्षक र कर्मचारीले आफ्नो वा एकाघरका बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना नगरेको पाइएमा प्राप्त गर्ने सेवा सुविधा रोक्का गरिने उनले बताए ।

“विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक समितिका पदाधिकारी एवं सदस्यले आआफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने छ”, अधिकृत विष्टले भने, “त्यसो नगरेको पाइए सेवा सुविधा कटौती गरिनुका साथै जिम्मेवारीबाट हटाइनेसम्मका कारबाही हुनसक्छ ।”

केही दिनअघि नगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । निर्णय कार्यान्वयनका लागि सेवा सुविधा रोक्ने, कटौती गर्ने जानकारीसहितको पत्र विद्यालयसहित सम्बन्धित व्यक्तिलाई पठाइएको नगरप्रमुख हेमराज ओझाले बताए । नगरप्रमुख र नगरपालिका क्षेत्रमा क्रियाशील विद्यार्थी सङ्गठनका प्रतिनिधिबीच भएको छलफलबाट सामुदायिक विद्यालयमा विद्यार्थी भर्नासम्बन्धी कार्यपालिकाको निर्णय र थप व्याख्यात्मक टिप्पणीमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, स्वतन्त्र विद्यार्थी समूहलगायतले एकबद्धता व्यक्त गरेका छन् ।

विद्यार्थी सङ्गठनले नगर क्षेत्रभित्र क्रियाशील राजनीतिक दल, समाजसेवी, पत्रकारलगायत व्यक्तिलाई आआफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराउनका लागि आग्रह गरेका छन् । सार्वजनिक शिक्षा सुधारको यो अभियानमा सहयोग गर्न विद्यार्थी सङ्गठनले पनि अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस