९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोजपुरको पर्यटकीयस्थल नागछाँगा ओझेलमा

अ+ अ-

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको सरक्षणसँगै प्रचारप्रसारमा स्थानीय सरकार जुटेको छ ।

गाउँपालिकाले यो स्थलको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेर संरक्षणको थालेको हो । ढुङ्गाभरी जेलिएका नागको चित्र देख्दा यहाँ आउने मानिस अचम्मित हुने गरेका छन् । यो ठाउँमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने स्थानीयवासी राजन घिमिरेले बताए ।

अनौठो प्राकृतिकस्वरुप रहेको धार्मिकस्थल भए पनि प्रचार अभावमा ओझेलमा परेको उनको भनाइ छ । वडा नं ६ बैकुण्ठे र वडा नं २ धोद्लेखानीको सिमनामा पर्ने यो धार्मिकस्थल पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेसँगै यसको प्रवर्द्धनका लागि प्रचारप्रसारमा जोड दिएको वडाध्यक्ष एकराज आचार्यले बताए ।

नागछाँगा, गङ्गाखोला, गोल्मे राजागोल्मे रानीभीर, थामडाँडालगायतका धार्मिक र पर्यटकीयस्थलको प्रचारप्रसारमा वडा कार्यालयले काम गरिरहेको उनको भनाइ छ । नागछाँगाको किम्बतन्दीको खोज तथा अनुसन्धान गरिरहेको उनले बताए ।

‘नागछाँगा एक ऐतिहासिकस्थल हो’ वडाध्यक्ष आचार्यले भने, ‘परापूर्वकालमा सक्कली नाग बस्ने गरेको किम्बदन्ती पनि छ । यसको किम्बदन्तीको खोजीमा लागेको छौँ । यो स्थानको संरक्षणसँगै प्रचारप्रसारमा जोड दिएका छौँ ।’

पर्यटकलाई लक्षित गरेर नागछाँगासम्म पुग्ने पदमार्ग निर्माणसँगै शौचालय, विश्राम निर्माणलगायतको काम गरिएको गाउँपालिकाले अध्यक्ष थामबहादुर राईले जानकारी दिए । यो क्षेत्रको विकासका लागि विभिन्न आर्थिक वर्षमा करिब रु ६० लाख लगानी भइसकेको उनको भनाइ छ ।

‘स्थानीय सरकारको तर्फबाट यो क्षेत्रको विकासका तथा संरक्षणको काम गरिरहेका छौँ’ अध्यक्ष राईले भने, ‘प्रसिद्ध धार्मिक क्षेत्र भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको छ । हामी अहिले सरक्षणसँगै यसको महत्त्व उजागरका लागि जुटेका छौँ ।’

गाउँपालिकाले यसको विकाससँगै यसको अन्य तथ्यको विषयमा खोजी गर्ने जनाएको छ । स्थानीयको धार्मिक आस्थाको ठाउँ रहेकोले नागछाँगालाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष राईले बताए । 

प्रतिक्रिया दिनुहोस