१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ’ : आइजिपी थापा

अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी) दिपक थापाले तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईँलाई पक्राउ गर्नका लागि प्रहरी परिचालन भएको जानकारी गराएका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तीनकुने घटनाबारे ब्रिफिङ गर्दै महानिरीक्षक थापाले यस्तो बताएका हुन् ।

उनका अनुसार सो घटनामा राज्यविरुद्धको अपराधमा २० जना र आपराधिक उपद्रव अन्तर्गत ५८ जनालाई मुद्दा चलाएको छ ।

‘कुल समातियो, मूल समातिएन ?’, थापाले घटनाबारे ब्रिफिङ गर्दै गर्दा समिति सभापति रामहरि खतिवडाले प्रश्न गर्छन् ।

‘मूल समात्नका लागि गृहमन्त्रीज्यूसँगको सहकार्यमा कुन कसुरमा हो भनेर हेर्दैछौं,’ थापाले भने, ‘जो मान्छे आपराधिक कार्य गर्छ उसले गिरफ्तारी दिँदैन ।’

उनले १५ गते घटना घटेको दिन आफूहरू रातभर प्रसाईँको खोजीमा लागेको बताएका छन् । तर, उनले स्टेप बाइ स्टेप कदम चालेर भागेको देखिएको ब्रिफिङ गरे ।

‘हामीले त्यही दिन रात भरी पनि टेक्निकल्ली र म्यानुअल्ली रातभर हेर्‍यौँ । स्टेप बाइ स्टेप भागेको देखिन्छ । उहाँ (दुर्गा प्रसाईँ) विरुद्ध पनि जाहेरी दर्ता भएर खोजी भइरहेको छ,’ आईजी थापाले भने ।

उनले प्रसाईँलाई कति दिनमा समात्न सकिन्छ भन्ने यकिन नभएको पनि बताए ।

‘कति दिनमा समात्न सकिन्छ भन्ने विषयमा जुन पक्राउ हुन्छ हामी समात्छौँ । ल्याएपछि कानुनी दायरामा लैजान्छौँ,’ थापाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस