११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कक्षा ८ को अन्तिम परीक्षाको अंक इमिस प्रणालीमा प्रविष्टि सुरु : आउँदो हप्ता नतिजा प्रकाशन गर्ने तयारी 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षामा विद्यार्थीहरूले प्राप्त गरेको अंक एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिस) मा प्रविष्टि गराउने काम थालेको छ । स्रोत केन्द्रहरूले उत्तर पुस्तिका डिकोडिङ् गरेर विभागमा पठाउन थालेपछि आजदेखि अंक प्रविष्टि थालिएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए । विभागले आउँदो हप्ता नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।  

अहिलेसम्म गरिएका कामका बारेमा जानकारी दिँदै उनले भने, ‘परीक्षा सम्पन्न भएकै दिनमा उत्तर पुस्तिका स्रोत केन्द्रमा ल्याएर कोडिङ् गरियो । कोडिङ् गरिएका उत्तर पुस्तिका रोष्टरमा भएका शिक्षकहरूले स्रोत केन्द्रमै बसेर परीक्षण गर्नुभयो । परीक्षण भएका उत्तरपुस्तिकाहरुलाई डिकोडिङ् गरियो । यसरी डिकोडिङ् गरिएका उत्तर पुस्तिका विभागमा प्राप्त भएपछि हामीले प्रणालीमा अंक भर्न थालेका हौँ ।’

नतिजा प्रकाशन योजनाका विषयमा दाहाल भन्छन्, ‘३ दिनभित्र अंक प्रविष्टि सकिन्छ । आजको चौथो दिन प्रणालीमा भरिएका अंक र उत्तर पुस्तिकामा प्राप्त गरेको अंक रुजु गर्छौँ । यसपछि नतिजा प्रकाशन गर्छौँ ।’

महानगरभित्रका सामुदायिकतर्फ धार्मिक र वैकल्पिक विद्यालय समेत गरी ९६ र संस्थागततर्फ ४०८ वटा गरी जम्मा ५०४ विद्यालयका १८ हजार २९४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यसमा सामुदायिक विद्यालयबाट ५ हजार १७४ जना र संस्थागत विद्यालयबाट १३ हजार १२० जना विद्यार्थी छन् । लिंगका आधारमा हेर्दा ८ हजार १४५ जना छात्रा र १० हजार १४९ जना छात्र छन् । यसमा ५ वटा संस्थागत विद्यालयमा अध्ययन गर्ने १० जना विदेशी विद्यार्थीहरू पनि समावेश छन् । 

जगन्नाथ माध्यमिक विद्यालय र बन्दी विकास आधारभूत विद्यालय गरी २ वटा विद्यालय भद्रगोल जेलभित्र छन् । यी विद्यालयबाट यस वर्ष क्रमशः २० जना र १२ जना गरी ३२ जना विद्यार्थी परीक्षामा सहभागी हुनुपर्नेमा जेलका १ जना विद्यार्थी कैदमुक्त भएपछि ३१ जना विद्यार्थी सहभागी भए । केन्द्रीय बहिरा माध्यमिक विद्यालयबाट २७ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । 

परीक्षालाई विश्वसनीय, व्यवस्थित र प्रभावकारी बनाउन यस वर्षदेखि परीक्षा केन्द्र अध्ययन गरिरहेको विद्यालयबाट बाहिरका ५६ वटा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको थियो । केन्द्रीय वहिरा माध्यमिक विद्यालय र कारागारभित्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई आफ्नै विद्यालयबाट परीक्षा लिइएको थियो । विद्यार्थीको विशेष अवस्थालाई ध्यानमा यस्तो व्यवस्था गरिएको हो । 

यस्तै अटिजम, बौद्धिक अपांगता, डाउन सिन्ड्रोम लगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीहरूले परीक्षा केन्द्रबाटै परीक्षा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस