१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मातृशिशु मृत्युदर कम गर्न पारिवारिक स्वास्थ्य विवरण लिइँदै

अ+ अ-

खजुरा (बाँके) । लुम्बिनी प्रदेश सरकारले मातृ शिशु मृत्युदर कम गर्न बाँके जिल्लामा मोबाइल (एप्लीकेशन)मार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्न थालेको छ । महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले यो अभियान सुरु गरिएको हो । 

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरीका अनुसार महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार विशेष अनुदान कार्यक्रम सञ्चालन मार्गनिर्देशनअनुसार महिला, बालबालिका, किशोरकिशोरीको स्वास्थ्य सुधार्ने अभियानअन्तर्गत विवरण तयार गर्न लागिएको हो । यसअघि लुम्बिनी प्रदेशका पाल्पा र अर्घाखाँचीमा सुरु भइसकेको छ ।

बाँकेमा मातृ मृत्युदर र बाल मृत्युदर घटाउन यो अभियानले सघाउ पुग्न भएकाले गर्भवतीले नियमित जाँच नगर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुन नआउने गरेकाले पनि मातृ मृत्युदर तथा बाल मृत्युदर न्यूनीकरण चुनौतीपूर्ण बनेको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले बताए। 

बिहीबार नेपालगञ्जमा एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले अभियानको शुभारम्भ गर्दै जटिल अवस्था र दुई वर्षमुनिका बालबालिकाको समयमै पहिचान गरी स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने बताए । मन्त्री सारुले शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य सुधारका लागि प्रदेश स्वास्थ्य मन्त्रालयले प्राथमिकता दिएर काम गर्दै आएको बताए। उनले लुम्बिनी प्रदेशका बाँके, पाल्पा र अर्घाखाँचीमा मातृ तथा बाल मृत्युदर अत्यन्तै कमजोर भएकाले परिवार स्वास्थ्य विवरण तयार गर्न यो अभियान सुरु गरिएको बताए । 

महिला, बालबालिका तथा किशोरी स्वास्थ्य तथा पोषण अवस्थामा लुम्बिनी प्रदेश देशकै सबैभन्दा कमजोर प्रदेश रहेको लुम्बिनी प्रदेशका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले बताए। उनका अनुसार बाँकेमा १४ प्रतिशत गर्भवतीले गर्भ जाँच नगराउने र २७ प्रतिशत महिलाले सुत्केरीपश्चात् गराउनुपर्ने जाँच समेत नगराउने गरेको पाइएको छ । पारिवारिक विवरण संकलनका लागि बाँकेका एक लाख २९ हजार ३०७ घरधुरीमा स्वास्थ्यकर्मी पुग्ने गरेका छन् । 

यो अभियानअन्तर्गत गर्भवतीदेखि बच्चा जन्मेको दुई वर्षसम्म नियमित निगरानीमार्फत जटिल अवस्थाका गर्भवतीदेखि खोपबाट वञ्चित बालबालिका र पोषण वृद्धि अवस्थाको अनुगमन गरिनेछ । नियमित सेवामा ल्याउनका लागि हरेक घरधुरीमा स्वास्थ्यकर्मी परिचालन गरिनेछ । उनीहरूले पारिवारिक स्वास्थ्य विवरण तयार पार्न यो ‘पाइलटिङ’ कार्यक्रमको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस