काठमाडौँ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगले लोक सेवा आयोगको सहमतिमा १२६ जना कर्मचारीका लागि आवेदन माग गरेको छ।
प्रतिष्ठानले आज एक सूचना जारी गर्दै एघारौं औं तहदेखि छैटौं औं तहसम्मको विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नका लागि कर्मचारी माग गरेको हो।
प्राध्यापकका लागि १ जना, सह-प्राध्यापक १ जना, सहायक प्राध्यापक २८ जना, नर्सिङ सुपरभाइजर १ जना, प्रमुख नर्सिङ अधिकृत १ जना माग गरेको छ ।
यस्तै, सिनियर नर्सिङ अधिकृत ३ जना, नर्सिङ अधिकृत ७ जना, रेडियोलोजी टेक्नोलोजिस्ट ३ जना, फार्मेसी टेक्नोलोजिस्ट १ जना, सूचना प्रविधि इन्जिनियर १ जना, सि.स्टार्फ नर्स १ जना, स्टार्फ नर्स ६० जना, रेडियोलोजी टेक्निसियन ५ जना, पोषण टेक्निसियन २ जना, ल्याब टेक्निसियन ६ जना, सूचना प्रविधि टेक्निसियन २ जना, सूचना प्रविधि असिस्टेन्ट २ जना र प्रशासन सहायकमा १ जना गरी १२६ जना कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकले आजदेखि वैशाख ११ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर वैशाख १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हेर्नुस् सूचना :



