१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीद्वारा चुनदेवी माविलाई ४० लाखको भवन हस्तान्तरण

अ+ अ-

काठमाडौँ । थानकोटस्थित चुनदेवी माध्यमिक विद्यालयलाई सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटी यूकेको आर्थिक सहयोगमा निर्माण गरिएको सानु तामाङ स्मृति भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।

२०७२ सालको भूकम्पपछि विद्यालय भवन जीर्ण बनेपछि सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीका सञ्चालक चिरन राईको विशेष पहलमा पुनर्निर्माण कार्य अगाडि बढाइएको थियो । बेलायतमा रहेका नेपाली समुदायबाट संकलित करिब ४० लाख रुपैयाँको आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएको हो ।

बुधबार आयोजित एक विशेष समारोहमा सांसद् राजेन्द्रकुमार केसी, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र चिरन राईले संयुक्त रूपमा विद्यालयलाई भवन हस्तान्तरण गरे ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष कृष्णप्रसाद खड्गी, नगर शिक्षा शाखा प्रमुख सुदनराज खनाललगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।

चिरन राईको नेतृत्वमा सञ्चालित यो अभियान विद्यालयका विद्यार्थीहरूका लागि सुरक्षित र गुणस्तरीय अध्ययन वातावरण उपलब्ध गराउने महत्त्वपूर्ण पहल भएको छ। भवन निर्माण कार्यलाई सफल बनाउन तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा युवा समाजसेवी ईश्वर लामाले समन्वयकारी भूमिका खेलेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिनुका साथै विद्यालय भवन निर्माणमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो । चिरन राईले आफ्नो सम्बोधनमा युकेमा रहेका नेपाली समुदायको समर्थन र सहयोगको प्रशंसा गर्दै नेपालमा आफूहरूले विद्यालय क्षेत्रमा गर्न पाएको सेवाले हर्षित भएको भन्दै गर्दै आगामी दिनमा पनि नेपालका शैक्षिक संस्थाहरूको विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस