काठमाडौँ । काठमाडौँको नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
धादिङबाट काठमाडौँ आउँदै गरेको प्र ३-०१-०२४ च ८३२२ नम्बरको टाटा योद्धा गाडी शनिबार राति ८ बजे नागार्जुन नगरपालिका-८ ठुलो खोला नजिक दुर्घटना भएको थियो ।
दुर्घटनामा मृत्यु भएको गोरखा भीमेश्वर गाउँपालिका-४ का ५० वर्षीय गोकुल पाण्डे रहेका छन् । प्रहरीका अनुसार उनको स्वयम्भूको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा गाडी चालक भीमेश्वर-४ कै ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजि भट्ट घाइते भएका छन् ।