१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकारको ज्यान जाने गरी भएको आगजनी र तोडफोडप्रति नेपाल पत्रकार महासंघको कडा आपत्ति

अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासंघले राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै भएको आन्दोलनका क्रममा अराजक समूहले सञ्चार गृह र सञ्चारकर्मीमाथि गरेको आक्रमणप्रति कडा आपत्ति जनाएको छ। शुक्रबार काठमाडौँको तिनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा आगजनीको समाचार संकलन गर्ने क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको घटनाले महासंघ स्तब्ध भएको बताएको छ।

महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा प्रदर्शनकारी समूहले अन्नपूर्ण मिडिया ग्रुपको भवनमा तोडफोड र आगजनी गरेको, कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्न खोज्दा ढुंगामुढा गरेको र हिमालयन टेलिभिजनको सवारी साधनमा क्षति पुर्‍याएको उल्लेख छ। “सञ्चारकर्मीलाई आतंकित तुल्याउने र ज्यानै जाने गरी भएको यो हमला घोर आपत्तिजनक, निन्दनीय र भर्त्सनायोग्य छ,” विज्ञप्तिमा भनिएको छ।

महासंघले शान्तिपूर्ण प्रदर्शनको संवैधानिक अधिकारको सम्मान गर्ने जनाउँदै आन्दोलनको नाममा प्रेसलाई त्रसित बनाउने र सञ्चारकर्मीको ज्यान लिने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने ठहर गरेको छ। घटनामा संलग्न दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन, क्षति पुगेका सञ्चारमाध्यमलाई उचित क्षतिपूर्ति प्रदान गर्न र सञ्चार गृह तथा सञ्चारकर्मीको सुरक्षाप्रति गम्भीर बन्न सरकारसँग जोडदार माग गरेको छ।

“लोकतन्त्र र प्रेस विरोधी यस्ता क्रियाकलाप दोहोरिए महासंघ त्यसविरुद्ध कडा रूपमा उत्रन बाध्य हुनेछ,” विज्ञप्तिमा चेतावनी दिइएको छ। साथै, मृतक पत्रकार सुरेश रजकको निधनप्रति गहिरो दुख व्यक्त गर्दै महासंघले घटनाको गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ। “मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित समाचार : राजावादीले आगो लगाएको घरभित्र जलेर मृत्यु हुनेमा एभिन्युजका पत्रकार

प्रतिक्रिया दिनुहोस