काठमाडौँ । रामेछापबाट लुक्लाका लागि उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या आएपछि पुनः रामेछाप नै अवतरण गरेको छ ।
समिट एयरको जहाज आज शुक्रबार बिहान ८:४५ बजे उडेको केही बेरमै इन्डिकेटरमा समस्या देखिएपछि रामेछाप नै फिर्ता भएको छ ।
समिट एयरको १८ सिट क्षमतायुक्त ‘एलईटी ४१०’ सिरिजको यो जहाज अहिले रामेछाप मन्थली विमानस्थलमा छ ।