११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचकमा १९ अंकको वृद्धि, नौ अर्ब ४७ करोड बराबरको कारोबार

अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । आइतबार नेप्से परिसूचक १९ दशमलव ५६ अंकले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम भएको हो ।

आज तीन सय नौ कम्पनीको दुई करोड नौ लाख ८४ हजार चार सय ४० कित्ता शेयर ९६ हजार दुई सय ८२ पटक खरिदबिक्री हुँदा रू. नौ अर्ब ४७ करोड तीन लाख आठ हजार दुई सय ६६ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा म्युचुअल फन्ड शून्य दशमलव ११ र निर्जीवन बिमा एक दशमलव २८ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । वित्त समूह सबैभन्दा धेरै चार दशमलव ९४ प्रतिशतले बढेको छ । 

बैंकिङ शून्य दशमलव ९८, विकास बैंक शून्य दशमलव ०८, होटेल तथा पर्यटन एक दशमलव ९५ र जलविद्युत् शून्य दशमलव ३६ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी एक दशमलव १७, जीवन बीमा शून्य दशमलव ३९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २०, लघुवित्त एक दशमलव ८६, व्यापार शून्य दशमलव २५ र अन्य समूह शून्य दशमलव ३८ प्रतिशतले बढेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड, नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रू. ३३ करोड ५४ लाख ७५ हजार एक सय २९ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै एनआईबिएल स्टेबल फन्डको सात लाख ११ हजार तीन यस ८४ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस