५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिक सेवामा समर्पित हुनुपर्नेमा प्रदेश प्रमुखको जोड

अ+ अ-

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार नागरिक सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित कोशी प्रदेश सरकारको सातौँ वार्षिकोत्सव समारोहमा उनले प्रदेश सरकार जनताको सेवाका क्षेत्रमा दत्तचित्त भएर लाग्नुपर्छ भने । साथै उनले प्रदेशको विकास-निर्माण र शान्ति सुरक्षाका निम्ति पनि चनाखो हुन जरुरी भएको बताए ।

प्रदेश प्रमुख खापुङले भने, “संघीयता कार्यान्वयनका निम्ति आवश्यक कानुन बनिरहेका तथा  प्रदेश सरकारले आफ्नो  कर्तव्य इमानदारीपूर्वक निर्वाह गरिरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको छोटो समयमा प्रदेश सरकारले महत्त्वपूर्ण काम गरेको छ ।”

उनले सात वर्षमा भएका विकास–निर्माणका कामलाई समेटेर प्रदेश सरकारले प्रकाशन गरेको पुस्तक पनि सार्वजनिक गरे ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार भौतिक विकाससँगै मानव संशाधन विकासमा पनि लागेको बताए । उनले भने, “सरकार पुँजी निर्माणसँगै गरिबी घटाउने प्रयासमा छ ।” पुँजी निर्माणका निम्ति आगामी वैशाखमा लगानी सम्मेलन आयोजना गरिने उनको कथन थियो । 

मुख्यमन्त्री कार्कीले आगामी एक महिनाभित्र प्रदेश आन्तरिक राजस्व कार्यालय स्थापना गर्न सरकारले नीतिगत आधार बनाएको जानकारी दिँदै प्रदेशका कर्मचारीको वृत्ति विकासमा सघाउन सरकार गम्भीर छ भने ।

सभामुख अम्बरबहादुर विष्टले विविधतायुक्त कोशी प्रदेशमा राजनीतिक स्थायित्व भएमा विकास गर्न असहज नहुने बताए । उनले सरकारलाई दिगो आम्दानीको खोज र औद्योगिक विकासका निम्ति लगानी गर्न सुझाव दिए । मुख्यसचिव केदारनाथ शर्माले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस