५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिँचाइले सुक्खा जमिन हराभरा बन्दै

अ+ अ-

देउखुरी (दाङ) । लामो समयदेखि पानी नपर्दा हिउँदमा जमिन सुक्खा हुने र लगाएको बाली सुक्ने समयमा दाङको घोराही उपमहानगरपालिका-६ का खेतबारी हरियाली छन् । 

उपमहानगरपालिकाको सहयोगमा वडा कार्यालयले वडाका प्रत्येक गाउँलाई समेट्ने गरी बोरिङ र ‘स्यालो ट्युबवेल’ निर्माण गरेपछि यहाँका खेतबारी हरियाली भएका हुन् । हिउँदमा सुक्खा हुने जमिन हराभरा भएर नागरिकको आम्दानीसमेत वृद्धि भएको छ । 

घोराही-६ का श्रीधर अधिकारीले धान काटेको खेतमा तोरी छरेका छन्। उनको खेतमा आकाशे पानीको भरमा खेती हुने गरेको थियो । गत वर्षदेखि उनले बोरिङको पानीले सिँचाइ गरेर खेती गर्न थालेका छन् । उनले भने, “धान काटेपछि खेत बाँझो हुने गर्दथ्यो, सिँचाइ सुविधा थिएन, तोरी किनेर खानुपर्ने बाध्यता थियो, तर अहिले १० पाथी तोरी बिक्री गर्न पाइयो, बाह्रै महिना खेती हुने गरेको छ ।” 

पानीको सुविधा भएपछि तोरी, मकै र तरकारी खेती गरेर बाह्रै महिना हरियाली हुने गरेको उनले बताए । “बोरिङको उपभोक्ता समिति बनाएका छौँ, एक घण्टाको रु दुई सय तिरेर सिँचाइ गर्ने गरेका छौँ”, उनले भने । 

घोराही–६ गुरगैका प्रेम चौधरीले १० कट्ठा खेतमा काउली, बन्दा र प्याज खेती गरेका छन् । खेतीपातीबाटै उनले वार्षिक रु सात लाख आम्दानी गर्ने गरेको बताए । तरकारी, आलु, प्याजलगायत बिक्री गर्ने गरेको उनको भनाइ छ । उनले भने, “सिँचाइको समस्या छैन, तीन वर्षअघिसम्म खानेपानीकोसमेत समस्या हुने गरेको थियो, वडा कार्यालयले प्रत्येक टोलमा बोरिङको व्यवस्था गरेपछि खेतबारीमा सिँचाइ गरेको पानीले खानेपानीको मुहान पनि ‘चार्ज’ भएर इनार तथा कुवामा पनि प्रशस्त पानी हुने गरेको छ ।” 

घोराही–६ का वडाध्यक्ष विष्णुराम आचार्यले सिँचाइका लागि वडा भरमा १० बोरिङ र चार स्यालो ट्युबवेल सञ्चालनमा आएको बताए। उनका अनुसार एउटा बोरिङले ३० बिघा जमिन सिँचाइ गर्ने गरेको र स्यालो ट्युबवेलले चार बिघा जमिनमा सिँचाइ हुने गरेको छ । खेतीपाती गर्ने किसानलाई आत्मनिर्भर गराउन र बाँझो जमिन नराख्ने उद्देश्यले काम गरेको उनले बताए। “वडा नं ६ को चार सय बिघा जमिनलाई सिँचाइ सुविधा पुगेको छ”, उनले भने, “केही पानीका योजना सम्पन्न हुने क्रममा छन्, ती सम्पन्न भएपछि वडाका सबै जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।”

प्रतिक्रिया दिनुहोस