११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सा शिक्षा आयोगले पीजीमा थप्यो २ सय ३१ सिट

अ+ अ-

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)का विभिन्न विषयमा गत वर्षको तुलनामा २३१ सिट थप गरेको छ ।

सरकारी स्वामित्वमा रहेका प्रतिष्ठान तथा कलेजमा गरेर स्नातकोत्तर तहका विभिन्न विषयमा २३१ सिट थप भएसँगै कुल १ हजार २६ सिट पाएको आयोगले जनाएको छ । गत वर्ष यी संस्थाहरूमा ७९५ सिट थियो ।

प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको १७ औँ बैठकले १४ वटा संस्थामा सिट संख्या थप गर्ने र चार वटामा घटाउने निर्णय गरेको हो ।

आयोगका अनुसार सबैभन्दा धेरै सिट राष्ट्रिय प्रतिष्ठान न्याम्समा ११८ सिट थप भएको छ । थप भएको सिटसहित न्याम्समा पीजीका विषयको सिट २५० पुगेको छ ।

त्यसपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४० सिट थप भएको छ । बीपीमा अब पीजीमा सिट संख्या २०४ पुगेको छ छ ।

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा थप २४ सिट संख्या थपिएसँगै पिजीमा ९४ सिट पुगेको छ ।

कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीजीमा १७ सिट थपिएको छ । यसभन्दा अगाडी कर्णालीले पीजीमा ७ सिट पाएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गत आर्थिक वर्षमा ३४ सिट पाएको थियो । यसवर्ष थप ११ सिट बढेसँगै पीजीको सिट संख्या ४२ पुगेको छ ।

स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेसले ८ सिट थप भएको छ । यो वर्ष साइन्सेसले ५० पीजी सिट पाएको छ ।

आयोगले हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ सिट दिने निर्णय गरेको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीजीको सिट ७९ पुगेको छ । यो वर्ष ५ सिट थप भएको आयोगले जनाएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सेसमा पीजीको ९ सिट घटेको छ । गत वर्ष साइन्सेसले २० सिट पाएको थियो ।

यस्तै, महाराजगञ्ज मेडिकल क्याम्पसले गत वर्ष १२३ सिट पाएको थियो । तर यसवर्ष ७ सिट घट्दा ११६ सिट मात्रै पढाउन पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस