११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु

अ+ अ-

गुल्मी । जिल्ला सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको छ । विश्व स्वास्थ्य संगठनद्वारा लुम्बिनी प्रदेशअन्तर्गतको सो अस्पतालमा पहिलो पटक उक्त अभिलेख प्रणाली सुरु गरिएको हो । 

विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु भएसँगै अस्पतालबाट उपलब्ध हुने सबै प्रकारका सेवा डिजिटल प्रविधिका माध्यममा स्पष्ट देखिने भएको छ । विश्व स्वास्थ्य संगठन नेपालका डा एलीसन गोकोटना र लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले गुल्मी अस्पताललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गर्दै विश्व स्वास्थ्य संगठन नेपालका डा. गोकोटनाले यो सेवाबाट नागरिकलाई धेरै सहजता पुर्‍याउने भन्दै जिल्लावासीले यसको अधिकतम प्रयोग गरेर सेवा लिन आग्रह गरे । यस अभिलेख प्रणालीबाट बिलिङ, टिकटिङ, डाक्टरको उपलब्धता, औषधिलगायत विवरण अभिलेख प्रणालीमार्फत जानकारी पाउन सकिने अस्पतालका निमित्त कार्यालय प्रमुख वैभव बस्यालले जानकारी दिए । यसबाट बिरामीलाई विगतदेखि वर्तमानसम्मका विवरण सहजै रूपमा उपलब्ध हुने बताइएको छ ।  

विद्युतीय चिकित्सा अभिलेख प्रणालीको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले यो सेवा सञ्चालन भएसँगै बिरामीलाई कागजी प्रक्रियाको झन्झट नहुने बताए । उनले स्वास्थ्य मन्त्रालय मातहतमा रहेका सबै सवारी साधनमा जिपिएस जडान गर्ने, शुल्कसहितको नागरिक बडापत्र राख्ने, सरकारी अस्पतालमा काम गर्ने चिकित्सकको नाम देखिने गरी राख्नेलगायत काम सुरु गरेको बताए ।

विश्व स्वास्थ्य संगठन नेपालका अधिकृत सुदन ज्ञवालीले विद्युतीय चिकित्सा अभिलेख प्रणालीमार्फत बिरामीको समय, खर्चको बचत हुनुका साथै परीक्षणमा हुने दोहोरोपनको अन्त्यका अतिरिक्त स्वास्थ्यसम्बन्धी नीति निर्माणमा एकीकृत तथ्यांक प्राप्त हुने बताए । यसबाट सेवा प्रवाह द्रुत, चुस्त र प्रभावकारी हुने उनको भनाइ छ । यो प्रणाली सुरु गर्नेमा गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा पहिलो हो । पचास शय्या रहेको गुल्मी अस्पतालमा अर्घाखाँची, प्युठान, बागलुङलगायत जिल्लाका नागरिकले सेवा लिँदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस